बस दुर्घटना तीन महिलाको मृत्यु

बस दुर्घटना तीन महिलाको मृत्यु


काठमाडौँबाट नुवाकोटको खरानीटार जाँदै गरेको बा १ ख ६३४९ नं को बस नुवाकोटको शिवपुरी गाउँपालिका– ७ ठाना भञ्याङमा आज दुर्घटना हुँदा तीन जना महिलाको घटनास्थलमै मृत्यु भएको र २९ जना घाइते भएका छन् ।

मृतकको पहिचान खुल्न सकेको छैन् । राससका अनुसार घाइते अधिकांशको अवस्था गम्भीर रहेको र उपचारको लागि काठमाडौँ पठाइएको छ ।

दुर्घटना घुम्ती मोड्दा भएकोे र बस सडकबाट ३५० मिटर तल खसेको प्रहरी नायब उपरीक्षक मधुकर विष्टले जानकारी दिनुभयो ।