यातायात व्यवसायी सामु सरकार झुक्यो

यातायात व्यवसायी सामु सरकार झुक्यो


यातायात व्यवसायी सामु सरकार झुकेको छ । यातायातमन्त्री वीरबहादुर बलायरको उपस्थितिमा शनिबार भएको बैठकमा यातायात व्यवसायी अग्रीम टिकट बुकिङ खोल्नका निम्ती भाडा संमायोजन लगायतका मागमा सरकारले समझदारी जनाएको हो ।

अब २७ गतेबाट अग्रमी बुकिङ खुला हुने यातायात विभागले जनाएको छ । व्यवसायीले भाडा समायोजन प्रक्रिया अघि नबढे बुकिङ नखोल्ने बताएका थिए । मन्त्रालयले सार्वजनिक सवारीको वैज्ञानिक भाडादर समायोजनको प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएपछि व्यवसायी बुकिङ खोल्न सहमत भएका हुन् ।

काठमाडौं उपत्यकाबाट दशैं मान्न झण्डै २० देखि २५ लाख यात्रु बाहिरिने अनुमान छ । व्यवसायीले यसपटक सडकको अवस्था खराव रहेको, छतमा सामान हाल्न नदिने अव्यवहारिक व्यवस्था गरेको, भाडादर समायोजनामा चासो नदिएको लगायतमा कारण देखाउँदै बुकिङ खोल्न आनाकानी गरेका थिए ।

यसविषयमा सरकार लचिलो भएपछि सहमती जुटेको यातायात व्यवसायी बताउछन् ।