राष्ट्रवादी केन्द्र नेपालले आज (२४ भदौ ०७४) राजधानीमा ‘ब्ल्याक टी–सर्ट मूभमेन्ट ऱ्याली सम्पन्न गरेको छ । असीमित सम्भावनाको मुलुक भएर पनि रोजीरोटीकै निम्ति बाह्य मुलुक ताक्नुपर्ने दूरावस्थाको अन्त्य र सरकारसँग रोजगारीको माग गर्दै ऱ्याली आयोजना गरिएको हो । राजधानीको प्रदर्शनीमार्गबाट शुरु भएको ऱ्याली जमलहुँदै रत्नपार्क पुगेर कोणसभामा परिणत भएको थियो ।
ऱ्यालीमा सहभागी युवाहरूले दुवई, कतार, मलेसिया, कोरिया, युरोप र अमेरिकाको सरकारसँग माग्ने होइन, स्वदेशमै रोजगारीको सिर्जना गरियोस् भन्ने माग गरेका थिए ।
स्वदेशमै रोजगारीको ग्यारेन्टी गर, बन्द उद्योग सञ्चालन गर, खेल र खेलाडीको सम्मान गर, युवा बेच्न बन्द गर, माटोसुहाउँदो शिक्षा प्रणाली लागू गर, व्यवसायी र लगानीको सुरक्षा गर भन्ने नारा ऱ्यालीमा गुञ्जिएको थियो ।
राष्ट्रय झण्डा उचालेर निस्किएका युवाहरूको जुलुस भव्य र सभ्य देखिएको थियो ।
तस्बिर: प्रविण श्रेष्ठ (घटना र विचार)
प्रतिक्रिया