होटल मजदुरको अध्यक्षमा कुँबर चयन

होटल मजदुरको अध्यक्षमा कुँबर चयन


नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेन्ट यूनियन (नेस्वहोमयू ) को दशौं राष्ट्रिय अधिबेशनले सुर्यबहादुर कुँबरको अध्यक्षतामा २७ सदस्यीय केन्द्रिय समिति चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा बंशीधर भट्टराई महिला उपाध्यक्षमा चन्द्रकला थापा, उपाध्यक्षहरुमा कुण्डल बहादुर खड्का र बेगबहादुर पाण्डे निर्बिरोध चयन भएका छन् ।

यसैगरी, महासचिवमा लक्ष्मण तिवारी, उपमहासचिवमा दिनेश घिमिरे र मनमोहन गायक, सचिवहरुमा कमल घिमिरे, तिर्थ सुवेदी, रञ्जु थापा, श्रृजना उप्रेती चयन भएका छन् । अधिबेशनले सदस्यहरुमा कृष्णबहादुर श्रेष्ठ, रामप्रसाद दुवाडी, इश्वरी घिमिरे, लुमणीबहादुर ढुंगाना, शैल शर्मा, तेजराज तिवारी, दानबहादुर धिमाल, नेत्रलाल श्रेष्ठ, केशवराज सापकोटा, रञ्जिता धिताल, बद्री भण्डारी, सागरमणि थापा, हेमबहादुर पण्डित, ललिता केसी, मनिका गुरुङ चयन भएका छन् । अधिबेशनले प्रतिनिधि परिषद प्रमुखमा इन्दिरा लामा र सल्लाहकार कमिटि प्रमुखमा उदयचन्द्र अर्याललाई चयन गरेको छ ।