गौतमश्री मार्टमा २० प्रतिशत छुट

गौतमश्री मार्टमा २० प्रतिशत छुट


गौतमश्री बिजनेश ग्रुपले संचालनमा ल्याएको गौतमश्री मार्टको दोस्रो आउटलेटले औपचारिक कारोबार शुरु गरेको छ । पूर्वमन्त्री अग्निप्रसाद सापकोटा र गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठले संयुक्तरुपमा सो मार्टको शुभारम्भ गरेका हुन । मार्टमा पूर्वसचिब कृष्णहरि बास्कोटा, राष्ट्रिय ब्यापार संगठनका बरिष्ठ उपाध्यक्ष डम्बरदेब अर्याल र एफएनसिसिआई सदस्य दिलसुन्दर श्रेष्ठको उपस्थिती रहेको थियो । मार्टको अबलोकनका लागि भुमिसुधार मन्त्री गोपाल दहित पनि कुलेश्वर पुगेका थिए । दोस्रो आउटलेटको रुपमा शनिबारबाट संचालनमा आएको गौतम श्री मार्टमा गौतम श्री अर्गानिक एण्ड काउ फार्मबाट उत्पादित दुध, दहि, पनिर र घिउ लगायत ग्रोसरी सामानको कारोबार गर्नेछ ।

मार्ट ओपनिङको अबसर पार्दै गौतम मार्टले सामान खरिद गर्दा ५ देखि २० प्रतिशत छुट पाउने जनाएको छ ।
मार्टमा नाइक, एडिडास र गौतम ग्रुपकै स्वामित्व रहेको एस एण्ड एस गार्मेन्टबाट उत्पादित ५३ भन्दा बढी भेराइटीका गार्मेन्ट उत्पादनहरु बिक्रीका लागि राखिएका छन् । काभ्रेको पात्लेखेतमा गाई फार्म संचालनबाट चर्चा बटुलेका राम बहादुर गौतमको एकल लगानीमा शनिबारबाट गौतम श्री मार्टको दोस्रो शाखा संचालनमा आएको हो । अर्गानिक तरकारी, मुस्ताङको स्याउ लगायतका फलफुल,आफ्नै फार्मबाट उत्पादित बिभिन्न तरकारी र शुद्ध दुध, घिउ, दहि र पनिरको को कारोबार शुरु गरेको छ ।

शुद्ध दुधका लागि यस स्थानमा संचालनमा आएको गौतमश्री डेरीबाट दुध तथा दुधजन्य बस्तुहरु खरिद गरि लावान्भित हुन गौतमश्री ग्रुपले ग्राहकलाई आग्रह गरेको छ । काभ्रेको पात्लेखेतमा उत्पादित अर्गानिक तरकारीका कारण चर्चामा आएको यस मार्टमा ग्रोसरी,देशी तथा बिदेशी मदिराको पनि कारोबार भइरहेको बताउँदै प्रबन्ध निर्देशक रामबहादुर गौतमले यसको दायरालाई अझ फराकिलो बनाउने कार्यमा मार्ट अगाडी बढ्ने बताए । अनुभबी टिमलाई साथ लिएर शुरु गरिएका कारण यो मार्टले सफलता पाउनेमा ढुक्क रहेको गौतमले बताए । झण्डै दर्जन सफल कम्पनी संचालनमा ल्याएका गौतमले ग्रोसरी र गार्मेन्ट ब्यापारमा समेत लगानी शुरु गरिसकेको छ ।