बीमा बजारलाई कडाइ गरिनुको विकल्प छैन: अध्यक्ष

बीमा बजारलाई कडाइ गरिनुको विकल्प छैन: अध्यक्ष


बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले बीमा बजारमा समितिले निरिक्षण र सुपरिबेक्षणको कामलाई थप कडाई गर्दै लैजाने बताएका छन् । बीमा समितिको आयोजना र आईबीएन मिडिया एन्ड रिसर्च प्रालिको सह–आयोजनामा भएको जीवन बीमा बजार र अवका चुनौती विषयक अन्तरकृया कार्यक्रममा उनले सो कुरा बताएका हुन । उनले बजारमा नयाँ जीवन बीमा कम्पनीहरु थपिएसँगै प्रतिस्पर्धा बढ्ने हुदाँ समितिले निरिक्षण र सुपरिवेक्षणको कामलाई थप प्रभावकारी र कडाई गरेर जानुको विकल्प नभएको बताए ।

अध्यक्ष चापागाईले अहिलेको बीमा समिति विगतको जस्तो निर्देशन मात्र दिएर बस्दैन र कडाईका साथ अधि बढ्छ त्यस अबस्थामा सहजता प्रदान गर्ने उद्धेश्यका साथ काम गरिरहने दाबी समेत गरे । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले बीमाको पहुँच विस्तारका लागि जनचेतना कार्यक्रमलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।

उनले बीमा कम्पनीहरुको लगानीको दायरालाई फराकिलो बनाईनुपर्नेसमेत बताए ।  बीमा समितिका बीमा विज्ञ भोजराज शर्मा र जोखिम तथा बीमा विज्ञ उद्यराज अधिकारीले जीवन बीमा बजार र अवका चुनौती विषयमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।