गुल्मीमा बम सहित जनप्रतिनिधि पक्राउ

गुल्मीमा बम सहित जनप्रतिनिधि पक्राउ


बम सहित गुल्मीमा जनप्रतिनिधि पक्राउ परेका छन् । गुल्मी प्रहरीले तम्घासबाट गएराति विस्फोटक पदार्थसहित रेसुंगा नगरपालिकाका निर्वाचित वडा सदस्यलाई पक्राउ गरेको हो ।

प्रहरीले रेनपा २ उदिनढुंगाबाट मोटरसाइकलसहित श्रीसलाई पक्राउ गरेको हो । प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले पक्राउ व्यक्ति र विस्फोटक पदार्थको बारेमा थप अनुसन्धान भइरहेको बताए ।

लु ३२ प ६६०३ नम्बरको मोटरसाईकलमा राखेर तम्घास ल्याउँदै गर्दा प्रहरीले ३३ थान एक्सपोलोसिभ डेटोनेटर, चार थान सुतली बम, एक किलोग्राम बारुद र केही थान सेफ्टिफ्यूजलगायत सामाग्रीसहित रेनपा ८ का नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य ताराबहादुर श्रीसलाई पक्राउ गरेको हो ।