वैवाहिक जीवनको ७७ वर्षपछि सम्वन्ध विच्छेद

वैवाहिक जीवनको ७७ वर्षपछि सम्वन्ध विच्छेद


लण्डन । रोमका एन्टोनियो नामका एक वृद्धले क्रिसमसको अवसरमा घर सफा गर्दै गर्दा पुरानो वाकसको कुनामा आफ्नी श्रमितीबाट कसैलाई पठाएको प्रेमपत्रहरु पाएका थिए । इटालीयन उक्त वृद्धले अत्यतः आफ्नी रोशा नामकी श्रीमतीको सन् १९४० मा एक व्यक्तिसँग गोप्य अनैतिक सम्वन्ध रहेको पक्का पुष्टि भएपछि आफूलाई गम्भीर धोका भएको ठानेर कानूनी रुपमा सम्वन्ध विच्छेदको केस दर्ता गराएका थिए ।
रोशासँग सन् १९३० ताका नेपल्समा क्यारिवियन अफिसर भई सरुवा भएर गएपछि एन्टोनियोले भेटेका थिए र त्यही साल नै ती दुईले आधिकारिक रुपमा विवाह वन्धनमा वाँधिएका थिए ।
यो दम्पतीका पाँच छोराछोरी, एक दर्जन नातिनातिनीहरु र एक पनाति छन् । विवाहवन्धनमा वाँधिएको दश वर्षपछि परपुरुषसँग अनैतिक सम्वन्ध राख्न पुगेकी श्रीमती रोशालाई वैवाधिक सम्वन्धमा वाँधिएको ७७ वर्षपछि उक्त सम्वन्ध टुटाउन जुटेका छन् ।
यता यूकेमा ९८ वर्षका एक जोडीले आफ्नो ३६ वर्षीय वैवाहिक सम्वन्धलाई विच्छेद गरी यूकेमा सबैभन्दा वृद्ध जोडीहरुले गरेको सम्वन्ध विच्छेद भन्नेमा नाम दर्ता गराउन सफल भएका थिए ।-नीर, मेस