हलो छाप लिएर राणा र लोहनीको राप्रपा चुनावमा जाने

हलो छाप लिएर राणा र लोहनीको राप्रपा चुनावमा जाने


पशुपति शमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) एकै चुनाव चिन्हमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा चुनाव लड्ने भएका छन् ।

लोहनी र राणाबीच शनिबार एकै चुनाव चिन्हमा निर्वाचन लड्ने समझदारी भएअनुसार आज निर्वाचन आयोगमा पत्र बुझाइएको राप्रपा (राष्ट्रवादी) का प्रचार विभाग सचिव जनकराज पाठकले बताए ।

यसअघि आयोगले लोहनीको राप्रपालाई गोलाकार घेराभित्रको हलो र राणाको राप्रपालाई आयतकार घेराभित्रको हलो चुनाव चिन्ह दिएको थियो ।

आयोगको ऐनमा दुई वा दुई भन्दा बढी दलहरुले साझा चिन्ह लिएर चुनाव लड्न पाउने व्यवस्थाअनुसार पत्र पठाइएको एराप्रपा (राष्ट्रवादी)का प्रचाार विभाग सदस्य सुन्दर पाण्डेले जानकारी दिए ।

सहमति अनुसार अब दुई राप्रपाले हलो चुनाव चिन्ह लिएर निर्वाचन लड्नेछन् ।