नेपाल पत्रकार महासंघ यूकेद्वारा नामावलि प्रकाशन

नेपाल पत्रकार महासंघ यूकेद्वारा नामावलि प्रकाशन


लण्डन । नेपाल पत्रकार महासघं यूके शाखाको निर्वाचनका लागि निर्वाचन समितिले अन्तिम मतदाता नामावलि प्रकाशन गरेको छ । नामावलिमा उल्लेख गरिएका व्यक्तिहरुको सदस्यताका बारेमा कुनै आपत्ति भए निर्वाचन समितिले निर्वाचन समिति समक्ष जनवरी एक तारिखको पाँच बजेभित्र लिखित रुपमा दावी विरोध गर्न पनि अनुरोध गरेको छ । समितिले दावी विरोध निर्धारण गरिएको समयभन्दा पछि आए अस्वीकार्य हुने वताएको छ ।

निर्वाचन समितिले प्रकाशन गरेको अन्तिम नामावलिमा शाखाका मतदाताहरुमा पत्रकार धर्मराज अधिकारी, नारायणप्रसाद भण्डारी, राजेन्द्र भट्ट, ऋषिराज बुढाथोकी, विनय धिताल, देवीप्रसाद गौतम, नवराज घिमिरे, हरिकुमार गुरुङ, पूर्णबहादुर गुरुङ, मिलन ज्ञवाली, बालमुकुन्द जोशी, रमा लामिछाने, श्यामकुमार लुईटेल, नरेश खपाङ्गी मगर, विपिन निरौला, उमेश निरौला, विनोद पनेरु, दिनेशकुमार परियार, नारायण पौडेल, नविन पोखरेल, शशी पौडेल, भोलाविक्रम राई, चण्डीराज राई, नरेश काङमाङ राई, मित्र राना, लीलामान शेरपुञ्जा, मिलन शर्मा, केशवबहादुर श्रेष्ठ, छत्र वनेम, भगिरथ योगी, दीपक न्यौपाने, डा चन्द्र लक्सम्बा, सुरेशजंग शाह, प्रकाश के.सी., सुमन गैरे, होम परिवाग र देवराज आचार्य छन् ।-नरेश