चासोको विषय : ओली अझै मधेस झरेनन्

चासोको विषय : ओली अझै मधेस झरेनन्


स्थानीय तहको निर्वाचन अन्तरगतको तेस्रो चरणको चुनाव नजिकिँदै जाँदा पनि अहिलेसम्म प्रमुख प्रतिपक्षी दलका प्रमुख नेता अर्थात केपि शर्मा ओली कहिले मधेश झर्ने हो त्यो सबैभन्दा चासोको विषय बनेको छ । तर
एमाले अध्यक्ष ओलीको मधेस यात्रा भने अहिलेसम्म निश्चित हुन सकेको उनको सचिवालयले जनाएको छ ।

यता प्रमुख दलका प्राय शीर्षनेताहरु दुई नम्बर प्रदेशमा केन्द्रित भइरहदा ओलीबारे यतिबेला सार्वधिक चासोको पिषय बनेको हो । अध्यक्ष ओलीको सचिवालयअनुसार उनी यही भदौ २८ गते दुई नम्बर प्रदेशको चुनावी यात्रामा निस्कने तयारी छ। अहिलेसम्म कहाँ-कहाँ जाने कार्यक्रम भने तय भइसकेको छैन ।

एमाले महासचिव ईश्वर पोखरेलले अध्यक्ष ओली मधेश झर्ने कार्यक्रम तय भइनसकेको बताए । ‘अध्यक्षज्यू मधेस झर्नुहुन्छ, तर कार्यक्रम अझै तय भइसकेको छैन । महासचिव पोखरेलले नै दुई नम्बर प्रदेशको चुनावी तयारी संयोजन गरिरहेका छन् ।