तमू प्येल्हूको ल्होसार भव्यताका साथ सम्पन्न

तमू प्येल्हूको ल्होसार भव्यताका साथ सम्पन्न


लण्डन । तमू प्येल्हू संघ यूकेले हिजो लण्डनस्थित हृयारो लैजर सेन्टर सेन्टर मा तमू ल्होसार भव्यताका साथ मनाएका छन् । विरालो वर्गलाई विदाइ गर्दै गिद्द वर्गलाई स्वागत सदाझैं उस्तै पारम्परिक तवरबाट योपालि पनि प्येल्हू संघले गरेको छ । लण्डनमा आयोजित गरिएको सो कार्यक्रममा तमूहरुको उत्साहजनक उपस्थिति देखिएको थियो ।
बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्य र स.स्थाका अध्यक्ष सोम गुरुंगकै सभापतित्वमा आयोजित सो कार्यक्रमलाई संस्थाका सचिव भेगलाल गुरुंगले सञ्चालन गरेका थिए । उक्त कार्यक्रममा साँस्कृतिक चरण पनि राखिएको थियो जसलाई मनोज, शान्ती, नवीना र विशाल गुरुंगले सामूहिक रुपमा सञ्चालन गरेका थिए ।
तमूहरुका धर्म गुरुहरुबाट पूजा सम्पन्न गरिएपछि रिपा लगाउनका लागि उपस्थित सहभागीहरु लाइनवद्ध भएर उभिएको देख्दा वास्तवमा ल्होसार मनाएको आभास भएको उपस्थितहरुको राय रहेको थियो । ल्होसारको लागि तयार गरिएको आकर्षणहरु र चियापानको व्यवस्था तमू आमा समूहको रहेको थियो भने विभिन्न संस्थाहरुबाट साँस्कृतिक कार्यक्रमहरु सौजन्यस्वरुप प्रदर्शन गरिएको थियो । यसरी साँस्कृति कार्यक्रमहरु प्रस्तुत गर्ने क्रमलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रयत्न पनि गरिएको थियो । जातीय साँस्कृतिकतालाई नयाँ पुस्तामा हस्तान्तरण गरी त्यसको सही अर्थमा सम्वर्द्धन गरिने प्रयासलाई तमू प्येल्हू संघले गम्भीरताका साथ मनन गरेको स्पष्ट हुन्थ्यो । ल्होसारको खुशीयाली हरेक वर्ष पौष १५मा नै पर्ने भएकोले त्यही दिनलाई नै विशेष गरेर यहाँ मनाउन आफ्नो संस्थाले नछोड्ने संस्थाको समान राय रहेको बुझिएको छ ।
कार्यक्रम उत्साहजनक रुपमा रातको मध्यसम्म चलेको थियो ।-याम, मेस, तस्वीरसहित
वाँकी तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।