लण्डन । तमू धिं यूकेले हिजो रिडिंगमा तमू ल्होसार भव्यताका साथ मनाएको छ । संघले आफ्नो अध्यक्ष मुच्छेन्द्र गुरुंगको अध्यक्षतामा हिजोकै दिन गुरुंगहरुको महान पर्व मनाउने क्रममा नेपालबाट झिकाइएका चर्चित हास्य कलाकार जितू नेपाल र साथमा लोकगायिका सोला आले र राजु गुरुंगको साथमा स्थानीय कलाकारहरुका विविध प्रस्तुतिका साथ साँस्कृतिक कार्यक्रमलाई सफल रुपमा सम्पन्न गरेको छ । बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यमा उक्त कार्यक्रमको औपचारिक चरण पूरा भएको थियो भने कार्यक्रमका विभिन्न चरणहरुलाई सूर्य गुरुंग, अन्जु घले, सुष्मिता र पुष्पा गुरुंगले संयुक्त रुपमा सञ्चालन गरेका थिए ।
साँझको ६ बजेबाट रातको १२ बजेसम्म चलेको उक्त कार्यक्रममा जितू नेपालले दर्शकहरुलाई पेट मिची-मिची हसाएका थिए भने लोकगायक र गायिकाहरुले नचाएका थिए, तिनलाई स्थानीय सहकलाकारहरुले साथ दिएका थिए । तमू धिंले तमू ल्होसारलाई मनोरञ्जनात्मक किसिमले मनाउने परम्परालाई यो पालि पनि कायम गरेको छ ।
-याम, तस्वीर विसान गुरुंग, वाँकी तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।
प्रतिक्रिया