सत्तारुढ दलमाथि एमाले सचिव योगेशले लगाए यस्तो आरोप

सत्तारुढ दलमाथि एमाले सचिव योगेशले लगाए यस्तो आरोप


पहिलो र दोस्रो संविधानसभामा काठमाडौंको ६ नम्बर क्षेत्रबाट उम्मेदवार बनेका नेकपा एमालेका सचिव योगेश भट्टराईले मतदाता नामावलीमा रहेको आफ्नो नाम काठमाडौंबाट ताप्लेजुङ सारेको जानकारी दिएका छन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा नेता भट्टराईले आफ्नो जन्मस्थान रहेको जिल्लाबाटै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मताधिकार प्रयोग गर्ने चाहना भएकोले नामसारी गरेको बताए ।

सामान्य भाषामा यस्तो जवाफ दिए पनि योगेशले नाम स्थानान्तरण गर्नुको अर्थ भने असामान्य रहेको अनुमान गरिएको छ । काठमाडौंबाट दुवैपटक निर्वाचनमा पराजय ब्यहोरेका उनी सायद अब ताप्लेजुङबाट चुनाव लड्ने तयारी गर्दैछन् । यही उद्देश्यले मतदाता नामावलीमा रहेको नाम उनले ताप्लेजुङ सारेको अनुमान गरिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको क्षेत्र विभाजनप्रति विभिन्न जिल्लामा असन्तुष्टि देखापरेको सम्बन्धमा सोधिएको प्रश्नको जवाफमा एमाले सचिव भट्टराईले निर्वाचन क्षेत्र निर्धारण आयोग सत्तारूढ दलको प्रभावमा परेको आरोप लगाए । सत्तारुढ पार्टीको दबाब र प्रभावमा एमालेको राम्रो प्रभाव भएको क्षेत्रमा थोरै र कम भएकोमा बढि क्षेत्र बनाउने खेल रचिएको उनले दाबी गरे ।