नवनियुक्त मन्त्री बोहराविरुद्व अख्तियार जाने राप्रपाको तयारी

नवनियुक्त मन्त्री बोहराविरुद्व अख्तियार जाने राप्रपाको तयारी


राप्रपाले नेपाल आयल निगमले सात प्रदेशमा जग्गा खरिद गर्दा भएको भनिएको अनियमितता र बुढिगण्डकीको टेण्डर प्रकृयाको अनियमितता छानविनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग गुहार्ने भएको छ ।

निगमको जग्गा खरिद प्रकरणमा राप्रपाका पुर्व नेता तथा हाल राप्रपा प्रजातान्त्रिकबाट विज्ञान मन्त्री भएका दिपक बोहोरा समेत संलग्न भएका समचारहरु सार्वजनिक भएका छन् ।

राप्रपाबाट छुटिएर राप्रपा प्रजातान्त्रिक भएपछि बोहराले सोमबारमात्रै मन्त्रीको सपथ लिएका छन् । त्यस्तै बुढिगण्डकीको टेण्डर प्रकृयामा पनि अनियमितता भएका समाचारहरु सार्वजनिक भइरहेका छन् ।

राप्रपाले आफ्ना भातृ संगठनमार्फत दुवै विषयमा अख्तियारको ध्यानाकर्षण गराउने भएको हो । राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठका अनुसार सवै भातृसंगठनहरुले मंगलबार अख्तियारको कार्यलय टंगाल पुगेर दुवै काण्डमा भ्रष्टचारमा मुछिएकाहरुलाई कारवाही गर्न माग गर्नेछन् ।