काठमाडौं । नेपालबाट मलेसिया हुँदै थाइल्यान्डको बैंकक जान लागेकी एक थाई युवतीलाई नेपालको बाटो प्रयोग गरी पहिलो पटक कोकिन तस्करी गर्ने गिरोहका एक सदस्यको रुपमा लागू औषध नियन्त्रण कानुन कार्यान्वयन इकाइ कार्यालयले पक्राउ गरेको छ । शक्तिबर्द्धक लागू औषधको रुपमा चिनिएको उक्त लागू औषध कोकिन बैंकक लान थाई युवती सुपारेरट म्याकिन्तोसलाई भरियाको रुपमा प्रयोग गरेर उक्त लागू औषध लान लागेको अवस्थामा पक्राउ गरिएको इकाईका प्रहरी वरिष्ठ उपरीक्षकले जानकारी दिएकाछन् ।
तीन दिनअघि नेपाल आएकी म्याकिन्तोस ठमेलस्थित होटल पिलग्रिम्समा बसेर बुधबार मध्यरातको नेपाल वायु सेवा निगमको जहाजबाट मलेसियाको क्वालालम्पुर हुँदै बैंकक जान लागेको अवस्थामा झोला चेक जाँच गर्ने क्रममा उनले शंकास्पद गतिविधि देखाएकी थिईन्। ‘त्यसपछि उनको सबै झोला चेक गर्दा उक्त लागू औषध फेला परेको प्रहरीको दाबी छ। नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाएर लागू औषधका माफियाहरुले चरेस हेरोइन र गाँजाको तस्करी गर्ने गरेको भए पनि कोकिनको तस्करी नेपालको बाटो प्रयोग गरी भएको यो पहिलो पटक हो’ -एसएसपीले जानकारी दिए। नेपालमा पक्राउ परेकी थाई युवती म्याकिन्तोस थाइल्यान्डबाट कतार एयरलाइन्सको उडानमा दक्षिण अमेरिकी मुलुक पेरु पुगेको र पेरुबाट उनी ब्राजिल गई दुई हप्ता बसेकी थिईन्। ब्राजिलबाट अर्जेन्टिना गई उक्त सामान लिएर कतार हुँदै कतार एयरलाइन्सको जहाजबाट काठमाडौं आएकी थाहा थाआ लागेको छ। -देब, मेस
प्रतिक्रिया