दुई करोडको व्यापार गर्दै स्टक क्लियरेन्स मेला सकियो

दुई करोडको व्यापार गर्दै स्टक क्लियरेन्स मेला सकियो


दशैको अबसर पारी राजधानीको भृकुटीमण्डपमा गरिएको स्टक क्लियरेन्स मेला सकिएको छ । ६ दिन सम्म सञ्चालन भएको सो मेलामा २ करोड ९० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्र्दै सम्पन्न भएको आयोजकले जनाएको छ ।

मेला अबधिभर ५० हजार भन्दाबढीले मेलास्थलमा आएको इभेन्ट सोलुसनका मेला संयोजक दिपेश जोशीले बताएका छन् । दशैंको बेला सस्तो मेला स्लोगन दिइएको यो मेलालाई इभेन्ट सोलुसनले आयोजना गरेको हो । भाद्र २१ गतेबाट २६ गते सम्म गरिएको स्टक क्लिअरेन्स मेलामा दशैंका लागि आबश्यक सामाग्रीहरुको कारोबार गरिएको थियो ।

कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, फ्रुट्स, कस्मेटिक, फुड प्रडक्ट र होम एफिलियन्सको कारोबार भएको थियो । मेलामा उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट मेलामा उपभोक्ताहरु आएका थिए । अनुमान गरेको जस्तै उपभोक्ता मेलामा आएको बताउँदै मेला संयोजक दिपेश जोशीले आगामी बर्ष पनि यो मेलालाइ निरन्तरता दिने बताए ।