बिएफ् डियरका नयाँ मोडेलका जुत्ता बजारमा

बिएफ् डियरका नयाँ मोडेलका जुत्ता बजारमा


बेस फुटवेयर ईण्डष्ट्रिज प्रालिले दशै तिहारलाई लक्षित गर्दै आफ्ना नयाँ मोडेलका जुत्ताहरु बजारमा ल्याएको छ । मुलतः लामो समयदेखी विभिन्न मोडेलका (क्याजुवल, पार्टीवेयर, स्पोट्र्स तथा स्कुल कलेजका) जुत्ता तथा चप्पलहरु बजारमा बिक्री वितरण गर्दै आईरहेको यस कम्पनीको गोदावरी स्थित नयाँ प्लान्ट सुरु गरे पश्चात नयाँ विभिन्न किसिमका मोडलका जुत्ता चप्पलहरु उत्पादन गरि रहेको छ ।

कम्पनीले नयाँ मोडलका जुत्ताहरुमा कुन कच्चा पदार्थद्वारा जुत्ता तयार गरिएको हो, सोको विवरण सहितको ट्यागमा समेत उल्लेख गरेको छ । बजारमा विभिन्न कम्पनीका जुत्ता चप्पलहरु अन्य मेटीरीयल प्रयोग गरि उत्पादन गर्ने र जिनुइन लेदर भनि बिक्री वितरण गरिदै आएको हुदा आफ्नो उत्पादनको जानकारी प्रदान गर्ने उद्धेश्यका साथ जुत्तामा जुन किसिमको लेदर प्रयोग गरिएको कम्पनीका अध्यक्ष होमनाथ उपाध्याय बताए । हाल सम्म तिन सय पुराना तथा नयाँ प्लान्ट स्थापना पश्चात पचाँस विभिन्न मोडेलका जुत्ता, चप्पल तथा बेल्ट समेत उत्पादन भईरहेको उपाध्याय बताए ।