वैद्यले भने : विप्लवसँग एकता सम्भव

वैद्यले भने : विप्लवसँग एकता सम्भव


नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले नेत्रविक्रम चन्द्र ‘विप्लव’ सँग एकताको सम्भावना रहेको बताएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिकको मियो भुलेको बताउँदै उनीसँगको पार्टी एकता असम्भव रहेको बताए ।

पार्टी कार्यकर्तालाई आन्तरिक प्रशिक्षण दिन सुर्खेत पुगेका वैद्यले मंगलवार पत्रकारसँग कुराकानी गर्दै प्रचण्डलाई कांग्रेस र एमालेसँग विचार मिल्ने भएकाले उतै पार्टी एकता गर्न सुझाव दिए ।

अध्यक्ष वैद्यले भने,‘राजनीति नै नमिल्ने उहाँसँग कसरी एकता गर्ने बरु मोहनविक्रम र विप्लवसँग एकता गर्ने अभियानमा हामी छौं ।’ उनले थपे,‘१० वर्षे जनयुद्वमा एउटै एजेण्डा बोकेर क्रान्तिमा लागेकै हो, ‘तर, प्रचण्ड पुरानै राज्य सत्तामा विलिन भएर धोका दिएकाले पार्टी एकता असम्भव भएको हो ।’

राष्ट्रिय स्वाधिनता, जनगणतन्त्र र जनजिविका देशमा स्थापित नभएकाले फेरि जनसंघर्षका लागि आन्दोलनमा होमिन लागेको उनको जिकिर छ । ‘राज्य सहजरुपमा रुपमा प्रस्तुत भएमा शान्तिपूर्ण आन्दोलनमा जान्छौँ’, उनले भने, ‘राज्य नै उग्र भए हतियार उठाएर जनसंघर्षमा जानेछौँ ।’

आगामी मंसिरमा हुन लागेको संघ र प्रदेशको निर्वाचनमा सहभागी हुने वा नहुनेबारे पार्टीले कुनै निर्णय नलिएको जानकारी दिए ।