संक्रमणकालको अधिकतम फाइदा देउवाजीले उठाउनुभो : प्रचण्ड

संक्रमणकालको अधिकतम फाइदा देउवाजीले उठाउनुभो : प्रचण्ड


सत्तासाझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवाले इतिहासकै जम्बो मन्त्रिमण्डल बनाएर संक्रमणकालको अधिकतम फाइदा उठाएको बताएका छन् ।

आफूले प्रधानमन्त्रीसँग दुई दिनदेखि कुराकानी नगरेको बताउँदै प्रचण्डले सरकार विस्तार निर्वाचन आयोगकै स्वीकृतिमा भएको हुनसक्ने अनुमान गरे ।

बिराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले अब बन्ने सरकार संविधान अनुसार सानो आकारको हुने भएकाले सबैको चित्त बुझाउन प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल जम्बो बनाएको बताए ।

पूर्व प्रधानमन्त्री प्रचण्डले प्रदेश नम्बर दुईको निर्बाचनमा उम्मेदवारहरुले अधिकतम मात्रमा खर्च गरिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

उम्मेदवारहरुले निर्वाचनमा अत्याधिक खर्च गरेकोबारे आफूले अन्य पार्टीका नेताहरुसँग पनि छलफल गरेको प्रचण्डले बताए ।

‘चुनावमा यति धेरै खर्च भइरहेको छ, तर उनीहरुसँग खर्चको श्रोत छैन, यसले भविश्यमा हुने सबै निर्बाचन महंगो पर्न जान्छ र सामान्य मान्छेले चुनाव लड्न सक्ने अवस्था रहँदैन, जुन चिन्ताजनक हो ।’ प्रचण्डले भने ।

अर्को प्रशंगमा माओवादी अध्यक्ष प्रचण्डले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काबिरुद्धको अनियमितताको आरोपबारे गम्भीर छानविन भइरहेको बताए । त्यहाँ अनियमितता भएको भेटिए कारबाही हुने बताए ।