मीनकृष्ण नेका ललितपुर जिल्ला सदस्य मनोनित

मीनकृष्ण नेका ललितपुर जिल्ला सदस्य मनोनित


नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति मदनबहादुर अमात्यले चारजना युवा नेतालाई जिल्ला सदस्यमा मनोनित गरेका छन् । मनोनित सदस्यहरूमा मीनकृष्ण महर्जन, प्रकाशनन्दन जोशी र नन्दकिशोर शाही रहेका छन् । त्यस्तै अध्यक्ष अमात्यले आमन्त्रित सदस्यमा होमप्रसाद घिमिरेलाई मनोनित गरेका छन् । मनोनित चारै सदस्य ललितपुर जिल्लाका चर्चित युवा नेता हुन् ।

मनोनित सदस्यहरुमध्य मीनकृष्ण महर्जन करातेका चर्चित खेलाडी समेत हुन् । खेलकुद, राजनीति र समाजसेवालाई एकसाथ अघिबढाउँदै आएका महर्जनले खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदको कोषाध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका छन् । त्यस्तै समग्र कराते खेलको विकासको लागि उनी निरन्तर लागिपरेका व्यक्तित्व हुन् ।