फार्नबोरोह । कोल्मा बाकोटसमाज चौंथो वार्षिक भेला तथा ल्होसार गत आइतबार ७ तारिख वोकफार्म कम्युनिटि स्कूलमा क्या. भीम बहादुर गुरुंगको अध्यक्षतामा सम्पन्न भएको थियो । जुन कार्यक्रमको संचालन समाजका सचिव दिलिप कुमार गुरुंगले गरेका थिए । हरेकवर्ष वार्षिक दुइटा कार्यक्रम गर्दै आएको यस समाजले यूकेमा कुनै पनि समस्यामा, दुःख-सुखमा, यूकेमा आइपर्ने समस्यामा एकअर्कालाई सहयोग गर्ने अभिप्राय बोकेको भनिएको छ र त्यही योजनामुताविक समाजको शुरुवात भएको हो । यो चौंथो वार्षिक कार्यक्रम तथा ल्होसार भएको कार्यक्रम गत आइतबार बेलुका ६ बजेदेखि शुरु भएर राति १२ बजे समापन भएको थियो । कार्यक्रममा कुनै अतिथिलाई बोलाएको थिएन । नाचगानलाई विशेष महत्व दिएर तयार पारिएको उक्त कार्यक्रमा अति नै रमाइलो भएको थियो । यो यूकेको बसाइमा टाढा टाढाबाट वर्षमा एकपटक साथीभाइ तथा इस्टमित्रहरुलाई भेट्न पाउँदा वडो खुशी र रमाइलो अनुभूति गरेको उपस्थित धेरैको समान राय रहेको थियो ।-याम, तस्वीर विसन गुरुंग, click here to view full album
प्रतिक्रिया