नेपाललाई पचास अर्ब सहयोग गर्दै अमेरिका

नेपाललाई पचास अर्ब सहयोग गर्दै अमेरिका


मित्रराष्ट्र अमेरिकाले नेपाललाई ५० करोड डलर (करिब ५० अर्ब बराबर) आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । नेपालको सडक सुधार र विद्युत् विकासका लागि एकीकृत योजना बनाइने मूल उद्देश्य राखिएको यस रहकम सहयोगसम्बन्धी सम्झौतामा आज वासिङ्गटन डिसीमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।

नेपाल सरकारका तर्फबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र अमेरिकी सरकारका तर्फबाट उपविदेशमन्त्री जोन जे. सुलीभानले नेपाललाई उपलब्ध गराइाने प ५० करोड डलरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने राससले जनाएको छ ।

सम्झौता अनुसार कुल ६३ करोड डलरको कोष हुनेछ, जसमा नेपाल सरकारको तर्फबाट १३ करोड डलरको योगदान हुनेछ भने अमेरिकी सरकारको ५० करोड डलर सहयोग रहने छ । यो रकममार्फत लगानी गरेर नेपालको सडक सुधार र विद्युत् विकासका लागि एक एकीकृत योजना बनाइने योजना छ । यस सम्झौताको कार्यान्वयनपछि नेपालको दिगो विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।

ज्ञातव्य छ, अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)अन्तर्गत नेपाल यो सुविधा पाउने दक्षिण एशियाली क्षेत्रको एक मात्र देश हो । एमसिसी नेपाल कम्प्याक्ट नाम दिइएको उक्त सम्झौता अन्तर्गत प्राप्त गर्ने रकमले नेपालको गरिबी न्यूनीकरणका लागि र महत्वपूर्ण पूर्वाधार निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

नेपालको विद्युत् सेवामा सुधार र सडकको विस्तारको लागि यो रकम खर्च गरिने भएकाले जनताको जीवनस्तर माथि उकास्न र देशको दिगो विकासमा योगदान पुग्ने विश्वास लिइएको छ ।