‘रुख’अंकित गम्छा भिरेपछि विमलेन्द्रलाई २४ घण्टे अल्टिमेटम !

‘रुख’अंकित गम्छा भिरेपछि विमलेन्द्रलाई २४ घण्टे अल्टिमेटम !


नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टिकरण सोधेको छ ।

भाद्र २५ गते धनुषामा नेपाली काँग्रेसले आयाजना गरेको चुनावी कार्यक्रममा निधिले काँग्रेस अंकित निर्वाचन चिन्ह्र गम्छा लगाई सहभागी भएकोमा निर्वाचन आयोगले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले निर्वाचन आचारसंहित विपरित काम भएकोले किन कारबाही गर्न नपर्ने हो भनि २४ घण्टे स्पष्टिकरण सोधेको हो ।

यता आयोगले निर्वाचन आचारसंहिता उल्लघंन गरेको भन्दै नेपाली कांग्रेसका सिरहा जिल्ला सभापतीलाई पनि स्पष्टिकरण सोधेको छ ।

आयोगले सिरहाकाको धनगढी नगरपालिकाको जिरो माइलमा आयोजित नेपाली काँग्रेसको चुनावी सभामा पार्टी सभापती शेरबहादुर देउवालाई स्वागत गर्ने क्रममा बालबालिकाको प्रयोग गरिएको भन्दै सिरहा सभापतिलाई किन कारबाही गर्न नपर्ने हो भनि आयोगले २४ घण्टे स्पष्टिकरणसोधेको हो ।

यता, निर्वाचन आयोगले आचारसंहिता लागु भएपश्यात झण्डै चारसय आचारसंहिता उल्लंघनका घटना घटेको जनाउँदै आचारसंहितालाई कडाइका साथ लागू गर्न विशेष जोड दिने निर्णय गरेको छ ।

विमलेन्द्रलाई २४ घण्टे स्पष्टिकरण…