लण्डन । हिजो बेलायत सरकारलाई अध्यागमन एडभाइजोरी कमिटीले विगत १५वर्षभित्र एक लाख साठी हजार बेलायती कामदारहरुका काम विदेशीहरुको हातमा गएको विवरण पेश गरेको छ । माइग्रेशन एमभाइजोरी कमिटीले सन् १९९५ देखि सन् २०१० सालसम्म यूरोपियन यूनियनबाहेक अरु राष्ट्रहरुबाट बेलायत पसेकाहरुको कारणबाट प्रत्येक सयजना कामदारहरुमा केवल २३जना बेलायती नागरिक कामदारहरु रहेको जानकारी दिएको छ । म्याकका अध्यक्ष प्रोफेसर डेभिड मेटकाफले आईटी, रिटेल र स्वास्थ्य क्षेत्रमा एमिग्रेशनले गर्दा असर परेको कुरा बताएका छन् । यूरोप बाहिरबाट बेलायत पसेका माइग्रेशनले गर्दा सन् २०१७ सालसम्म अतिरिक्त एक लाख बारह हजार घरहरु निर्माण गर्नुपर्ने कुरा उल्लेख गरेको छ । यसले गर्दा बेलायतभरी घरभाडा र घरहरुको मुल्य बृद्धि हुने अड्कल गरेका छन् । तर, बाहिरबाट बेलायत छिरेकाहरुबाट स्वास्थ्य सेवामा भार नपर्ने कुरा समितिले बताएको छ । किनभने, माइग्रेशनबाट आउनेहरु धेरै युवा नै हुन्छन् र उनीहरुको स्वास्थ्य राम्रो हुन्छ । औसत एक जना एमिग्रेशनमार्फत बेलायत छिरेको व्यक्तिका लागि खर्च सालमा २२१६ पाउण्ड शिक्षामा, २४५० पाउण्ड स्वास्थ्य र सामाजिक सेवाका लागि ७०८ पाउण्ड खर्च आउने गर्छ, । तर, उनीहरुबाट प्राप्त आयकर (ट्याक्स) उनीहरुमाथि खर्च हुनेभन्दा बढी हुन्छ । त्यसकारण उनीहरुबाट सरकारलाई फाइदा पुग्दछ । त्यसैगरी बाहिरबाट आउनेहरु आपराधिक कृयाकलापमा पनि कमै संलग्न रहन्छन् जसले गर्दा आपराधका घट्नाहरु घट्ने गरेको पाइन्छ । स्रोत – नेट, मेस, सुमल ।
प्रतिक्रिया