नोटमा पृथ्वीनारायणको तस्वीर राख्न माग

नोटमा पृथ्वीनारायणको तस्वीर राख्न माग


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपाली रुपैयाँमा पृथ्वीनारायण शाहको तस्वीर अङ्कित गर्न माग गरेर ति एक प्रकारले विश्रृंखलित हालातमा रहेको नेपाली संरचनालाई एकत्र पार्ने आफ्नो मागको महत्व भएको बताएका छन् । २९० औँ जन्मजयन्तीको अवसरमा सिंहदरबारको पश्चिम गेटस्थित पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले राजाहरुको सालिक हटाउने निर्णय खारेज गर्न माग पनि गरेकाछन्। नेपाल एकीकरणका अभियन्ता तथा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्दै पुस २५ लाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन र सार्वजनिक बिदा दिन आग्रह सरकारसँग राख्ने आफ्नो मनासय भएको पनि सोही दौरान बताएका छन् । । दुईसय ९० औँ पृथ्वीजयन्ती मूल नागरिक समारोह समितिद्वारा आयोजित कार्यक्रममा थापासँगै पूर्वमन्त्री तथा समारोह समितिकी सहअध्यक्ष डा दुर्गा पोखरेल, राप्रपाका नेता राजेश्वर देवकोटा, दीनवन्धु अर्याल, पत्रकार माथवर सिंह बस्नेत, युवराज घिमिरे, प्रकाश कोइराला, पिएल सिंहलगायतको उपस्थिति थियो ।
-देब, मेस, काठमाण्डौं