शुक्रबार मध्यरातिदेखि मौन अवधि : फेसबुक/भाइबरबाट पनि भोट माग्न नपाइने

शुक्रबार मध्यरातिदेखि मौन अवधि : फेसबुक/भाइबरबाट पनि भोट माग्न नपाइने


स्थानीय तहको तेस्रो चरणको चुनाव हुन लागेको प्रदेश दुईमा शुक्रबार मध्यरातिदेखि मौन अवधि सुरु हुने भएको छ ।  आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मौन अवधिमा फेसबुक, भाइबर जस्ता सामानिक सञ्जालबाट समेत भोट माग्न र चुनाव प्रचार गर्न पाइँदैन ।

मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म चुनाव प्रचार प्रसार वा भोट माग्न पाइँदैन ।  निर्वाचन आयोगका अनुसार राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, आम मतदाता तथा सञ्चारजगत कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन पाउने छैनन् ।

आयोगले बिहीबार सूचना जारी गरी निर्वाचन आचारसंहिता, २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ मा व्यवस्था भए अनुसार, मौन अवधिमा निम्न बमोजिम आचरण पालना गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ ।