एचबिएल–दायित्व फेलोसिप अवार्ड प्रदान

एचबिएल–दायित्व फेलोसिप अवार्ड प्रदान


हिमालयन बैंक लिमिटेडले यस वर्षको ‘एचबिएल–दायित्व फेलोसिप अवार्ड २०१७’ प्रदान गरेको छ । बैंकले सन् २०१६ देखि ६ जना नेपाली फेलोहरुलाई यो अवार्ड प्रायोजन गर्दै आइरहेको बताएको छ । यी फेलोहरूले नेपालको आर्थिक समृद्धिको लागि विभिन्न सरकारी निकायहरु तथा नीति निर्माताहरुसँग सहकार्य गरी शासन प्रणालीमा नवीनता ल्याउन सहयोग पु¥याउने बैंकका प्रेस तथा जनसम्पर्क अधिकृत शितल कोइरालाले जानकारी दिए ।

बैंकको केन्द्रिय कार्यालयमा आयोजित एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर जबराले अवार्ड प्रायोजनवापतको रकम ५ लाख चालिस हजार दायित्वका कार्यकारी निर्देशक डा. पुकार मल्ललाई प्रदान गरे । सोही अवसरमा दायित्वका तर्फबाट कार्यकारी निर्देशक डा. मल्लले बैंकका प्रमुख कार्यकारी अधिकृत राणालाई बैंकले फेलोसिप सञ्चालनका लागि गर्दै आइरहेको महत्वपूर्ण सहयोगको लागि प्रशंसापत्र प्रदान गरेका थिए ।