टेन्सबर्ग बियरमा टाँसिने नक्कली स्टिकरमा विभागको संलग्नता

टेन्सबर्ग बियरमा टाँसिने नक्कली स्टिकरमा विभागको संलग्नता


–रोशन कार्की

नेपाली बजारमा ‘टेन्सबर्ग बियर’ को नाममा उत्पादन गर्ने कम्पनीले गुणस्तहिन र नक्कली बियर बिक्री वितरणका साथै राजस्व समेत छली गरेको फेला परेको छ । स्रोत नखुलेको सम्पत्ति जम्मा गरेको कारण विवादमा तानिएका शंकास्पद व्यक्ति तेजेन्द्र खड्काले बुटवलमा टाइगर ब्रुअरीको कारखाना खोलेर सञ्चालनमा ल्याएको टेन्सबर्ग बियरमा राजस्वको नक्कली ‘स्टिकर’ टाँसेर बजारमा बिक्रीवितरण भइरहेको छ । कमजोर आर्थिक हैसियतका खड्काले त्यति ठूलो कारखाना कसको लगानीमा खाले भनेर आशंका गरिएको बेला उनले राजस्वकै नक्कली ‘स्टिकर’ प्रयोग गरी अबैधरुपमा स्टिकर छापेर प्रयोग गर्दै आएको रह¥य खुलेको छ ।

आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माको सहयोगमा खड्काले नक्कली ‘स्टिकर’ लगाएर बियर बजारमा लगेको आरोप समेत लागेको छ । शर्मा कर फछ्र्यौंट आयोगको नाममा गरिएको अनियमितताका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा पर्नुअघि नै खड्काले नक्कली ‘स्टिकर’ प्रयोग गरेको कारण यसमा शर्माको संरक्षण र सहयोग रहेको भेटिएको हो । शर्मा हिरासता परेपछि विभागको कार्यवाहक महानिर्देशक बनेकी चन्द्रकला पौडेल, अन्तःशुल्क शाखाका राजेन्द्र पौडेल र रामकुमार खतिवडाले पनि उक्त नक्कली ‘स्टिकर’ प्रयोगबारे खड्कालाई केही कारबाही गर्न सकक्नुले पनि सो सहयोग रहेको पुष्टी हुन्छ ।

खड्काले टेन्सबर्ग बियरमा ४० यूपीको ३७५ एमएल परिमाणको मदिराको स्टिकर बजारमा बिक्री समेत गरेका छन्। टेन्सबर्ग बियर ६५० एमएल रहेको छ । ३७५ एमएलको स्टिकर लगाएर ६५० एमएल बेच्दा नै आधा राजस्व छली गरेका छन् ।

टाइगर बु्रअरीले लण्डन आइस स्ट्रोङ प्रिमियम, टाइगर स्ट्रोङ र टेन्सबर्ग प्रिमियम बियर उत्पादन गर्ने गरेको छ । उनले बियर फ्याक्ट्री सञ्चालनका लागि नेपाल बंगलादेश बैंकबाट कर्जा लिएको देखाइएको छ । कर्जा मिलाइ दिए बापत बैंकको कर्पाेरेट अफिसको प्रमुख निरज लम्सालको सिफारिसमा ललितपुरको सातदोबाटोमा रहेको सेलिना ट्रेडर्सलाई टाइगर ब्रुअरीका उत्पादनको उपत्यकाको डिष्ट्रिब्युटर (वितरक) को जिम्मा दिएको भेटिएको छ । सेलिनाले काठमाडौंमा अनामनगरको सर्वदा इन्टरप्राइजेजलाई सहवितरकको जिम्मा दिएको छ ।

यस सम्बन्धमा सम्पर्क गर्नखोज्दा खड्कासँग सम्पर्क हुनसकेन । सो कम्पनीको जीएम सुबोध राणा रहेका छन् । यससंगै खड्काले ट्रेडमार्क समेत चोरी गरेको भनी परेका उजुरीमाथि अहिलेसम्म कुनै कारबाही भएको छैन । उनी कर्मचारी प्रशासनमा कालोधन खर्च गरेर आफूअनुकूलको निर्णय गराउन सफल हुँदै आएका । नक्कली स्टिकर को बारेमा विभागमा सम्र्पक राख्दा सो बारे केही जानकारी नभएको र उजुरी समेत नपरेकाले यही हो भन्न नसक्ने
जनाएको छ ।