‘बुढीगण्डकीको ठेक्कामा अर्बौंको चलखेल’

‘बुढीगण्डकीको ठेक्कामा अर्बौंको चलखेल’


बुढीगण्डकी जलविद्युत आयोजनाको ठेक्का दिँदा अर्बौंको चलखेल भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले बताएका छन् ।

थापाले बुढीगण्डकी जलविद्युत आयोजनाको ठेक्का दिँदा अर्बौंको चलखेल भएको दावी गरे । उनले ठेक्कालाई पुनरावलोकन गर्न माग समेत गरे ।

‘सरकार परिर्वतन हुने अन्तिम समयका किन ठेक्का दियो ?’ राजधानीमा भएको साक्षत्कारमा थापाले भने, ‘ठूलो रकमको चलखेल भएको छ, ठेक्काको पुनरावलोकन हुनुपर्दछ ।’

उनले नेपाल आयल निगम जग्गा खरीदमा निगमका महाप्रबन्ध मात्रै नभएर मन्त्रीदेखि ठूला दलका नेतासम्म संलग्न रहेको आरोप दोर्होयाए ।

थापाले आयल निगमको भ्रष्टाचार दिनहुँ संचार माध्यममा आउदाँ पनि सरकार कार्वाही नगरी बसेको बताए ।

अध्यक्ष थापाले दशैं र तिहार बीचको समयमा पार्टीले मेची महाकाली राष्ट्रिय स्वाभीमान यात्रा गर्ने र यो यात्राको क्रममा मुलुकले भोग्नु परेका समस्याको बारेमा जनतालाई सचेत बनाई हिन्दूत्वको भावना जागृत गने बताए ।