लण्डन ।अन्तर्राष्ट्रिय शिक्षा सम्मेलनमा सहभागी हुन बेलायत पुगेका शिक्षा मन्त्री डिनानाथ शर्माको पाचौं दिन ‘युनिभर्सिटि अफ द वेस्ट अफ इंग्ल्याण्ड’को भ्रमण गरेकाछन् । उक्त भ्रमणमा शर्मालगायत सचिव किशोर थापा, डा. सुरेशचन्द्र चालिसे, साउथ लण्डन कलेजका सीईओ राजेन्द्र कंडेल, एनआरएन उपाध्यक्ष महेन्द्र कंडेल, प्रगतिशील नेपाली समाज यूकेका अध्यक्ष रण बहादुर के.सी. साथै वेलायतवासी नेपाली संचारकर्मीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा युनिभर्सिटिका भाइस-चान्सेलर र सीईओ प्रोफेसर स्टेभन वेस्टले प्रजेन्टेसनमार्फत सो युनिभर्सिटिमा ३२००० विद्यार्थी, ३००० कर्मचारी रहेको र त्यहां अध्यापन गराइने विषयलगायत त्यहाँका भौतिक पूर्वाधारहरुका बारेमा जानकारी दिँदै ‘द ब्रिटिश कलेज’, नेपालसँग सहकार्य गर्न पाएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा पनी नेपालको शिक्षा क्षेत्रमा सहयोग पुर्याउने प्रतिवद्वता गरेकाथिए ।
कार्यक्रममा मन्त्री शर्माले भाइस चान्सेलर वेस्टलाई बुद्घको मूर्ति उपहार प्रदान गर्दै बुद्घ नेपालमा जन्मेको अवगत गराएका थियो । शमाले कार्यव|mममा बोल्दै नेपालको शिक्षा क्षेत्र पनि चिन्ता जनक नभएको र हालसम्म ७२ प्रतिशत नेपाली साक्षर रहेको र केही वर्षमा नै १०० प्रतीशत नेपाली साक्षर हुनेमा विश्वस्त रहेको बताएकाथिए ।
सोही अवसरमा ‘युनिभर्सिटि अफ द वेस्ट अफ इंग्ल्याण्ड’बाट मान्यता प्राप्त नेपालमा खोलिएको ‘द ब्रिटिश कलेज’का सीईयो राजेन्द्र कंडेल र सोही युनिभर्सिटिका भाइस-चान्सेलर र सीईओ प्रोफेसर स्टेभन वेस्टले दुई कलेज बीचको सम्झौता पत्रमा हस्ताक्षर गरिएका थिए । कार्यक्रममा बोल्दै कंडेलले बेलायती युनिभर्सिटिबाट मान्ता प्राप्त शिक्षा नेपाल भित्र्याउन सफल भएकोमा खुशी ब्यक्त गर्दै नेपाली बिधार्थीले नेपालमै बसेर न्युनतम मूल्यमा बेलायती डिग्री लिन सक्ने साथै बेलायतमा अध्यनरत बिभिन्न देशका बिधार्थीलाई व्याचलर डिग्रीको तेस्रो वर्ष नेपाल पठाइने बताएकाथिए । -कुशल, मेस
प्रतिक्रिया