बालकको हत्यापछि कन्चनपुरमा तनाव कायमै, आगजनीको प्रयास

बालकको हत्यापछि कन्चनपुरमा तनाव कायमै, आगजनीको प्रयास


कन्चनपुरको हल्दुखालमा १३ बर्षीय बालकको हत्या भएपछि त्यहाँको अवस्था तनावग्रस्त स्थित अझै पनि कायमै रहेको छ । आक्रोशित समुहले अधिकारीको गोठमा आगजनी गरिदिएका छ्न् । मृतकका आफन्तले हत्या गर्ने आशिष अधिकारिको घर गोठमा आगजनी गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको हो ।

घरमा समेत आगजनीको प्रयास हुन थालेपछि प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन ९ सेल अश्रुग्याँस हानेको छ। आक्रोशित स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा गरेका छन् । आगजनीबाट गोठ पुरै जलेर नष्ट भएको छ । आगजनी गरे लगत्तै आगो निभाउन दमकल पुगेपनि स्थानीयले अवरोध गरेपछि गोठ पुरै जलेको हो ।

दक्षिणमा खैरेनी राम मन्दिर, पूर्बमा भिमदत्त नगरपालिकाको ३ र ७ नम्बर वडाको सीमा, उतरमा निर्माणाधीन महाकाली नहर र पश्चिममा घटनास्थल रहेको छ । चारदिनदेखि हराइरहेका बालक तिलक चन्दको हत्या भएको अवस्थामा बुधबार शब भेटिएपछि परिवार र आफन्त आक्रोशित बनेका हुन् ।

स्कुलको खाजा खाने समयमा हराएका बालक चार दिन पछि स्कुलदेखि २ सय मिटरको दूरीमा रहेको खोलामा घोप्टो परेको अवस्थामा मृत भेटिएका हुन् । प्रहरीले हत्या गर्ने उनकै सहकर्मी आशिष अधिकारीलाई पक्राउ गरिसकेको छ । उनीसहित प्रकाश थापा र रमेश खड्कासमेत पक्राउ परेका छन् ।

त्यहाँ अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । स्थानीय प्रशासनले स्थिती बिग्रीन नदिन घट्नास्थल वरपरको ठाउँलाई निषेधित क्षेत्र घोषणा गरेको छ। समयसीमा नतोकेरै निषेधित क्षेत्र घोषणा गरिएको कंचनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले जानकारी दिए ।