मगर सङ्घ रश्मूर शाखाको माघे सँक्रान्ति

मगर सङ्घ रश्मूर शाखाको माघे सँक्रान्ति


फार्नबोरोह । हिजो आइतबार, वोक्फार्म कम्युनिटि स्कूलमा मगर सङ्घ रश्मूर शाखा यूकेले मगरहरुको महान् चाड माघे सन्क्रान्ति मनाए, कार्यक्रम को अध्यक्षता मगर सङ्घ रश्मूरका अध्यक्ष सुनील रानाले गरेका थिय भने कार्यक्रमको औपचारिक चरणको सन्चालन सचिव लेख रानाले गरेका थिए । प्रमुख अतिथिमा मगर सङ्घ यूकेका केन्द्रीय अध्यक्ष रिटायर्ड मेजर कुलबहादुर थापा थिए । यूकेका १० वटा शाखाहरुबाट हरशाखाका अध्यक्षहरुलाई पनि अतिथिमा आसन ग्रहन गराइएको थियो र ९ वटा शाखाहरुले अस्ति शनिबार नै भब्यताका साथ मनाएका थिए ।

बिहान ११ बजेदेखि शुरु भएको कार्यक्रममा ३ चरणमा चरणबद्ध गरिएका थिए । १२ बजे १ बजेसम्म पीर्ति पूजा, १ देखि ३ बजेसम्म प्रसाद ग्रहण, ३ बजेदेखि ४।३० बजेसम्म मगर आमा समूहको तर्फबाट कौडा नाचबाट साँस्कृतिक कार्यक्रमको शुरुवात गरिएको थियो । स्मरण रहोस्, मगरहरुले माघे सँक्रान्तिको दिनमा कौडा नाचको शुरुवात गरेर साउने सँक्रान्तिको दिन समाप्त गर्ने चलन नेपालमा भएकोले यूकेमा पनि कौडा नाचबाट नै साँस्कृतिक कार्यक्रमको शुरु गरेकोबारे अध्यक्ष सुनील रानाले जानकारी गराएका थिए ।

यूकेका मगरहरुको कार्यक्रममा नौमति बाजाको धुनमा नेपालको सम्झना र झल्को मेटिन सक्ने जनमानसबाट सुन्न पाइन्थ्यो र त बृद्धदेखि जवान, सबजना नौमति बाजाको तालमा रमाएका देख्न पाइन्थ्यो । कार्यक्रमको अन्तिममा डिजे राउन्ड ९ बजेसम्म सबैले यो सालको माघे सँक्रान्तिलाई बिदाइ र अर्को साल पनि यही हलमा भेट्ने वाचा गर्दै बिदा भएका थिए । कार्यक्रममा ६०० भन्दा धेरै मगर बन्धुहरुको उपस्थिति रहेको थियो । साँस्कृतिक कार्यक्रमको उद्घोषक युवाश्वरको तर्फबाट सोनिया रानाले गरेकी थिइन् ।
-याम, मेस तस्वीरसहित click here to view the album