ठगी गर्ने म्यानपावर कम्पनीलाई कारबाही गरिने

ठगी गर्ने म्यानपावर कम्पनीलाई कारबाही गरिने


अखिल नेपाल वैदेशिक रोजगार पीडित तथा परामर्श संघले ठगी गर्ने म्यानपावरलाई कारबाहीको दायरामा ल्याई पीडितलाई न्याय दिने कार्य विस्तार गर्ने भएको छ । संघको ९ औं साधारणसभाका अबसरमा काठमाडौंमा आयोजित कार्यक्रममा संघका अध्यक्ष दिपककुमार राउत क्षेत्रीले सो कुरा बताएका हुन ।

उनले दैनिक ८० जना बैदेशिक रोजगार पिडित आउने गरेपनि सरकारले भने कुनै चासो नदिएको उल्लेख गरेका छन् । वैदेशिक रोजगारमा जाँदा ठगहरुबाट जोगिन कानुनी प्रक्रिया अवलम्बन गरी पीडित पक्षसँग प्रत्यक्ष सरोकार गर्ने कार्यमा आफुहरुले कार्य गर्दै आएको उनको दाबी रहेको छ ।

एमाले संसद पार्वत गुरुङले वैदेशिक रोजगार क्षेत्रमा देखिएको विकृती अन्त्य गर्नका लागी संघले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । संघले वैदेशिक रोजगारका क्षेत्रमा भएका समस्याहरुलाई उजागर गर्दै आईरहेको र सो समस्या समधान गर्न समेत संघले विशेष भुमीका खेल्नु पर्ने बताए ।