सहरी विकास मन्त्री प्रभु साहले सबै तहको निर्वाचन सम्पन्न भएपछि मात्र संविधानको पूर्ण कार्यान्वयन हुने धारणा सार्वजनिक गरेका छन् । मन्त्री शाह यतिबेला मतदानका लागि गृहजिल्ला रौतहटमा छन् । रौतहटमै आयोजित एक कार्यक्रममा उनले स्थानीय तह, प्रदेश र संसदको निर्वाचन सम्पन्न भएपछि मात्र संविधानको पूर्ण कार्यान्वयन हुने बताए ।
सबै तहको निर्वाचन सम्पन्न गर्न राजनीतिक दलहरू आपसमा मिल्नुको विकल्प नभएको भन्दै मन्त्री साहले सबैले संविधानको व्यवहारिक रुपमै कार्यान्वयनमा ल्याउन ध्यान दिनुपर्ने समय आएको जिकीर गरे । प्रदेश र संसदीय निर्वाचन पनि तोकिएकै समयमा सम्पन्न हुने उनको दाबी थियो ।
प्रतिक्रिया