काठमाण्डौं । पेट्रोलियम पदार्थको उपभोक्ता मूल्यमा सरकारले हालै गरेको भारी वृद्धि सम्बन्धमा संयुक्त लोकतान्त्रिक मोर्चा नेपाल मोर्चाको गम्भीर ध्यानाकर्षण भएको एक विज्ञप्तिमार्फत जनाएकोछ । नेपालले आफूलाई आवश्यक सम्पूर्ण पेट्रोलियम पदार्थ इण्डियन आयल निगमसँग मात्र किनेर आयात गरिरहेको छ । इण्डियन आयल निगमले हाल अधिकतम ने.रु. ११३।- प्रति लिटरमा बेचिरहेको पेट्रोलको भाउ नेपालमा ने.रु. ११५।- कायम गरिएकोलाई अन्यथा नभनिए तापनि भारतमा अधिकतम ने.रु. ७२।- प्रति लिटरमा पाइने डिजेलको भाउलाई नेपालमा ने.रु. ८५।- कायम गरिएकोलाई जायज मान्न सकिने व्यहोरा उक्त विज्ञप्तिमा लेखिएको छ, जसमा अगाडि भनिएको छ -‘यसले गर्दा सार्वजनिक यातायात तथा ढुवानी भाडामा वृद्धि भई सर्वसाधारण जनता ठूलो मर्कामा पर्ने स्पष्टै छ । त्यसैगरी भारतमा अधिकतम प्रति लिटर ने.रु. २४।- मा पाइने मटि्टतेल र प्रति सिलिण्डर ने.रु. ६४८।- मा पाइने ग्यासको मूल्य नेपालमा क्रमशः ने.रु. ८५।- र ने.रु. १५००।- कायम गरिएको छ । यसलाई के आधारमा जायज मान्ने – जनताको ग्याँस पकाउने काममा प्रयोग हुने मटि्टतेल र ग्याँसको मूल्यमा गरिएको वृद्धि यस कारण अविवेकी र अत्याचारी छ, जनतामारा छ ।’
यसरी सो विज्ञप्तिमा मोर्चा अगाडि भन्दछ-‘जनताको रगतपसिना चुसेर पनि नेपाल आयल निगमलाई सँधै घाटामा गएको देखाउने नेपाल सरकारको नाँगो नाचप्रति यस मोर्चा रोष र आपत्ति प्रकट गर्दछ, भत्सर्ना गर्दछ र डिजेल, मटि्टतेल र ग्याँसको भाउ कमसेकम भारतीय बजार भाउसँग मिल्ने गरी तत्काल घटाउन जोडदार माग गर्दछ ।’
-महेश्वर, काठमाण्डौ
प्रतिक्रिया