फेसबुकले नयाँ एप्लिकेशनहरु बढाउने जमर्को गर्दै

फेसबुकले नयाँ एप्लिकेशनहरु बढाउने जमर्को गर्दै


लण्डन / आज फेसबुकले ६० वटा थप एप्लिकेशनहरु फेसबुक प्रयोगकर्ताहरुका लागि विकास गरेर फेसबुकमा थपेको जानकारी दिएको छ । सामाजिक अनलाइन फेसबुकको सञ्जाल विकास गरेर प्रयोगकर्ताहरुले फोटाहरु, यात्रा विवरण, फेशन, अनलाइन संगीत, भिडियो र आफ्नो व्यक्तिगत विचारहरु सजिलै सम्प्रेषन गर्न सक्छन् । फेसबुकमा प्रयोगकर्ताहरुले सजिलै आफ्नो प्रोफाइलको माध्यमबाट समयसापेक्ष चाहिएका विषयहरु सम्प्रेषन गर्न सक्छन् जसलाई टाइमलाइन भनिन्छ । अहिले थपेका एप्लिकेशनको माध्यमबाट अझ प्रभावकारी ढंगबाट आफ्नो प्रोफाइल अरुलाई दर्शाउन सक्नेछन् । फेसबुक खोल्नसाथ निमेषमा स्वतः अरुसंगको सम्पर्क र आफनो क्रियाकलापका कुराहरु बाँड्न सकिन्छ । कम्पनीले शुरुमा एक अरब डलर बराबर रकमको भागीदार पब्लिकलाई उपलब्ध गराउने सङ्केत गरेको छ जसबाट बढीभन्दा बढी विज्ञापनदाताहरुलाई आकर्षित गराउने र फेसबुक प्रयोगकर्ताहरुलाई फेसबुक प्रयोग गर्न उत्प्रेरित गर्ने कुरा भनेका छन् । अझ हजारौ एप्लिकेशनहरु थपिंदै जाने सम्बन्धित श्रोतले बताएको छ । नविनतम एप्लिकेशनहरुमा टिकेटमास्टर, चलचित्र रिभ्यू साइटको रोटन टोमाटोज र फुडस्पोटिङहरु छन् । यो फेसबुकको नयाँ टाइमलाइन स्तम्भले प्रयोग गर्नेहरुलाई आफ्नो निजी पुस्तिकाको रुपमा लिन सक्ने कुरा बताएको छ । आफ्नो फेसबुकका क्रियाकलापहरुलाई आफूबाहेक कसकसलाई देखाउने र हेर्नसक्ने कुराको सुरक्षित सेटिङ रहने समेत फेसबुकले जनाएको छ । श्रोत–नेट, सुमल, मेस ।