प्रदेश नम्बर-२ चुनाव : सर्वसाधारणदेखि नेताहरुको सहभागिता उत्साहपूर्ण !

प्रदेश नम्बर-२ चुनाव : सर्वसाधारणदेखि नेताहरुको सहभागिता उत्साहपूर्ण !


आज असोज २, स्थानीय तहको तेस्रो चरणको चुनाव अन्तर्गत आज २ नम्बर प्रदेशमा मतदान जारी छ ।

सर्वसाधारणदेखि विभिन्न पार्टीका नेताहरुले  मतदानमा उत्साहपूर्ण सहभागिता जनाएका छन् । यसैक्रममा, पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधव कुमार नेपालले रौतहटको गौर नगरपालिका–२ मा रहेको राम जानकी कन्या प्राथमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् ।

यस्तै, एमाले नेता रघुविर महासेठले धनुषाको मिथिलाबिहारी नगरपालिका–४ स्थित मिथिलेश्वर मतदान केन्द्रबाट मतदान गरेका छन् ।

यस्तै पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बिमलेन्द्र निधिले धनुषाको नगराइन नगरपालिका–२ स्थित राजेश्वरी मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले सिरहाको सिरहा नगरपालिका–१५ स्थित सुखसैना मतदान केन्द्रबाट मतदान गरेकी छन् ।

नेकपा माओवादी केन्द्रका नेता तथा स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित गौरीडाँडा मतदान केन्द्रबाट मतदान गरेका छन् भने माओवादी नेता मातृका यादवले धनुषाको सबैला नगरपालिका–२ स्थित रामप्रसाद उमाबिबाट मतदान गरेका छन् ।

माओवादी नेता तथा शहरीविकास मन्त्री प्रभु साहले रौतहटको मौलापुर नगरपालिका–५ स्थित मौलापुर मतदान केन्द्रबाट मतदान गरेका छन् ।

नेपाली कांग्रेसका नेता तथा श्रम मन्त्री फरमुल्लाह मन्सुरले बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ स्थित जितपुर मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

यस्तै राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सर्लाहीको चन्द्रनगर नगरपालिका–२ स्थित जनता मावि मतदान केन्द्रबाट मतदान गरेका छन् भने महेन्द्रराय यावदले सर्लाहीको हरिपूर्वा नगरपालिका–९ स्थित रामजानकी मन्दिर मतदान केन्द्रबाट मतदान गरेका छन् ।

राजपाकै नेता अनिल झाले रौतहटको दुर्गाभगवती गाउँपालिका–३ स्थित संस्कृत मावि मतदान केन्द्रबाट मतदान गरेका छन् भने शरतसिंह भण्डारीले महोत्तरीको औरही नगरपालिकाको औरही मावि मतदान केन्द्रबाट मतदान गरेका छन् । राष्ट्रिय जनता पार्टीका अर्का नेता मनिष सुमनले राजबिराजबाट मतदान गरेका छन्।

यसैबिच, स्वाथ्यको कारण देखाउँदै महन्थ ठाकुर ले भने तेस्रो चरणको चुनावमा भोट हाल्न गृहजिल्ला गएनन् । समग्रमा तेस्रो चरणको चुनावमा नेता तथा सर्वसाधरणको उत्साहपूर्ण सहभागिता देखिन्छ ।