एकसय तीन वर्षीया वृद्धाद्वारा मतदान

एकसय तीन वर्षीया वृद्धाद्वारा मतदान


प्रदेश नं २ अन्तर्गत आज भइरहेको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सप्तरीमा १०३ वर्षीया वृद्धाले मतदान गर्नुभएको छ ।

राजविराज नगरपालिका वडा नं ७ निवासी सोमानीदेवी जोशीले जिल्ला खेलकुद विकास समिति मतदान केन्द्रबाट मतदान गर्नुभएको ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष एवं वरिष्ठ पत्रकार शिवहरिप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

जोशीले यसअघिका संविधानसभा निर्वाचनमा पनि मताधिकार प्रयोग गर्नुभएको थियो । सो मतदान केन्द्रमा जोशीले नै पहिलो मतदान गर्नुभएको बताइएको छ ।