काठमाडौं र रोजगारका लागि विदेश जाने नेपाली कामदारहरुको संख्या बढेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएअनुसार यस वर्षको मंसिर महिनामा १८ हजार ७ सय ९४ जना कामदार विदेश गएका छन्। गत वर्षको यसै महिनामा २४ हजार ६ सय १४ जना कामदार विदेश गएका थिए। गत वर्षको तुलनामा यो संख्या २३ दशमलव ६९ प्रतिशत तथा ५ हजार ८ सय ३० जनाले बढी हो। कार्तिक महिनामा मात्रै गत वर्षको तुलनामा ९८ दशमलव १४ प्रतिशत बढी कामदार वैदेशिक रोजगारमा गएका छन्। यस वर्षको कार्तिक महिनामा ४७ हजार १ सय ७६ जना विदेश गएका छन् भने गत वर्ष यही महिनामा २३ हजार ८ सय ९ जना गएका थिए। त्यस्तै असोज महिनामा यस वर्ष २६ हजार ५ सय ८१ जना कामदार वैदेशिक रोजगारमा गएका छन्। यो गत वर्षको तुलनामा ३ हजार २ सय ६ जनाअर्थात् १२ दशमलव ७२ प्रतिशत कामदार विदेश गएका हुन्। गत वर्ष असोजमा २३ हजार ४ सय ७५ जना वैदेशिक रोजगारमा गएका थिए।
भाद्र महिनामा ३७ हजार ८ सय ८ जना कामदार विभिन्न मुलुकमा पुगेका छन्। गत आर्थिक वर्षको भाद्र महिनामा २५ हजार ३ सय ७५ जना कामदार पुगेका थिए। गत वर्षको तुलनामा यस वर्षको भाद्र महिनामा १२ हजार ४ सय ३३ जना कामदार बढी गएका हुन्। यस्तै साउन महिनामा ४५ हजार १ सय ६५ जना कामदार वैदेशिक रोजगारमा पुगेका छन्। गत आर्थिक वर्षमा २९ हजार ६ सय ८५ जना कामदार पुगेका थिए। गत वर्षको साउनको तुलनामा चालू आर्थिक वर्षको साउन महिनामा १ हजार ७ सय ८४ जना बढी कामदार रोजगारका लागि विदेश पुगेका छन्।
विभागका अनुसार आर्थिक वर्ष २०६७-६८ मा मात्रै ३ लाख ५४ हजार ७ सय १६ जना आर्थिक वर्ष २०६६-६७ मा २ लाख ९४ हजार ९४ जना आर्थिक वर्ष २०६५-६६मा २ लाख १९ हजार ९ सय ६५ जना आर्थिक वर्ष २०६४-६५ मा २ लाख ४९ हजार ५१ जना र आर्थिक वर्ष २०६३-६४ मा २० लाख ४ हजार ५ सय ३३ जना कामदार विदेश पुगेका छन्। देशमा बेरोजगारको समस्या बढ्दै गएपछि रोजगारका लागि विदेश जानेको संख्यामा वृद्वि आउन थालेको हो। आर्थिक अभाव तथा रोजगारको समस्याले अधिकांश युवाहरु वाध्य भएर वैदेशिक रोजगारमा गइरहेका छन्। विभागका अनुसार आर्थिक वर्ष २०६२-६३ मा १ लाख ६५ हजार २ सय ५२ जना आव २०६१-६२ मा १ लाख ३९ हजार ७ सय १८ जना आव २०६०-६१ मा १ लाख ६ हजार ६ सय ६० जना कामदार रोजगारका लागि विदेश पुगेका छन्। -देब, मेस
प्रतिक्रिया