लण्डन / सन् २००३सालमा इराकी तानाशाह सद्दाम हुसैनको पतनपश्चात ढालेको उनको मूर्तिको एउटा अंश अवैध तवरमा राखेको आशंकामा एक जना कम्पनीको निर्देशकलाई पक्डाउ गरेको समाचार आएको छ । ट्रेबलल्यापका निर्देशक जिम थोर्पेलाई २ फिट उँचाइ बराबरको धातुको टुक्रा (सद्दाम हुसैनको मूर्तिको पृष्ठभाग) बेच्ने योजना बनाएको अभियोगमा सम्बन्धित निकायले छानबिन गरिरहेको कुरा प्रकाशमा आएको छ । त्यो धातुको टुक्रा, सद्दाम हुसैनको नितम्ब कम्पनीका संस्थापक नाइजेल एलीले बेलायत ल्याएका थिए, तर, डर्बीसायरमा निलाम बिक्रीका लागि राख्दा तोकेको न्यूनतम् मूल्य नपाएकोले त्यतिबेला बिक्री गर्न सकेको थिएन । हिएरफोर्डसायरका एलीलाई यस सप्ताहको शुरुमा सोधपुछ गरिसकेको छ । इराकी सरकारले बेलायतस्थित इराकी राजदूतावासमार्फत गतहप्ता मेट्रो पुलिसलाई यसबारे छानबिनको लागि कम्प्लेन दर्ता गरेको थियो । मेट्रो पुलिसले यसबारे बृहत छानबिनका लागि मूर्तिको अंश र अवैध तरिकाले ल्याएका व्यक्तिहरु डर्बीसायरका भएको हुनाले यस मुद्धालाई छानबिन गर्न डर्बीसायर पुलिसलाई सुम्पेको कुरा दर्ता लागेको छ ।
यस घट्नाको पूर्णतया छानबिन नहुन्जेल एलीलाई पुलिस एण्ड क्रिमिनल एभिडेन्स एक्ट अन्तरगत ल्याएको बस्तुलाई यथास्थितिमा राख्नका लागि पुर्जी जारी गरेको छ । जिम थोर्पेलाई राष्ट्रसंघले सन् २००३सालमा इराकमाथि जारी गरेको नाकाबन्दि आदेशको धारा ८ बमोजिम कानून उल्लङ्घन गरेको आशंकामा पक्डाउ गरेर छानबिन गरिएको थियो । उनलाई अहिले धरौटीमा रिहा गरेको छ । राष्ट्रसंघले जारी गरेको आदेश बमोजिम ईराकी साँस्कृतिक सम्पदालाई कसैले भेटे प्रहरीलाई बुझाउनुपर्ने प्रावधान रहेको छ । श्रोत – बीबीसी, सुमल, मेस ।
प्रतिक्रिया