लण्डन । यस हप्ता चीनका सुरक्षाकर्मीहरुले सिचुवान प्रान्तमा एक जना तिब्बतीलाई गोली हानेर मारेको पुष्टि चिनियाँ श्रोतले गरेको छ । स्थानीय अधिकारीहरुका भनाइलाई उद्धृत गर्दै एकहूल तिब्बतीहरुले सेडा काउन्टीको प्रहरी चौकीमाथि हिजो मङ्गलवार आक्रमण गरेका थिए भनेर जिन्हुआ समाचार श्रोतले जनाएको छ । तर, तिब्बती अन्दोलनकारीहरुका अनुसार धार्मिक स्वतन्त्रतालाई दबाव दिँदै आएको चिनिया नीतिको विरुद्ध शान्त ढंगबाट गरेको प्रदर्शनकारीहरुमाथि सुरक्षाकर्मीहरुले गोली चलाएको कुरा भनेका छन् ।
सोमवारको दिनमा छिमेकी काउन्टी ड्रग्गोमा पनि दुई जना प्रदर्शनकारीहरुलाई गोली हानेर हत्या गरेको समाचार प्राप्त भएको छ । तिब्बतको सिमानासँग जोडिएको सिचुवान प्रान्तका विभिन्न भागहरुमा तिब्बती मूलका धेरै बासिन्दाहरु बस्दै आएका छन् । बीबीसीलगायत विदेशी सञ्चार माध्यमहरुलाई समाचार एकीतृत गर्नलाई कमै त्यस क्षेत्रमा प्रवेश दिएको जानकारी प्राप्त भएको छ । चिनियाँ दैनिक समाचार जिन्हुआका अनुसार सेडामा सामन्य बल प्रयोग गरेर प्रदर्शनकारीहरुलाई नियन्त्रण गर्न खोज्दा सफल नभएपछि प्रदर्शनकारीहरुमाथि गोली चलाउनु परेको जानकारी दिएको छ । सेडाको चिनियाँ प्रहरी श्रोतका अनुसार तिब्बतीहरुले प्रहरीचौकीमाथि गेसोलिन बोतलहरु, ढुङ्गा, चाकू प्रयोग गर्दै प्रहरीमाथि गोलीसमेत चलाएको कुरा भनेका छन् र यो आक्रमण पूर्व सुनियोजित रहेको कुरा सिचुवान तिबेतीयन रिसर्च इन्सि्टट्यूटले भनेको छ । तर, बेलायत स्थित “फ्री तिबेत” संस्थाले यसकुरालाई मानिरहेको छैन । सेडाको घट्नामा २ जना तिब्बतीहरु मारिएका र यतिबेला त्यो क्षेत्रमा कर्फ्यू लागू गरेको कुरा बताएको छ । फ्री तिबेतका डाइरेक्टर स्टेफेनी ब्रिग्डेनले आज बिहान एउटा प्रेस विज्ञप्तिमार्फत चीनले तिब्बतीहरुका स्वतन्त्र आन्दोलनलाई अति नै शक्ति प्रयोग गरेर दमन गरिरहेको कुरा बताएकी छिन् । सोमबारको अर्को भीडन्तमा २ जना मारिनुका साथै दर्जनौ घाइते भएको समाचार प्रकाशमा आएको छ । स्मरण रहोस्, गत साल पनि आन्दोलनकारीहरुले तोडफोड गर्दा चीनले शक्ति प्रयोग गरेर शान्त गरेको थियो र केही महिनासम्म चीनको तिब्बती क्षेत्र तनावग्रस्त रहेको थियो ।
प्रवासको तिब्बती सरकार साथौ धर्मगुरु दलाइ लामालाई यस घटनाहरुका प्रमुख जिम्मेवार रहेको कुरा चिनियाँ पक्षले भन्दै आएको छ । आजभन्दा पाँच दशकअघि चीनको हुकुमतलाई स्वीकार नगरी तिब्बतबाट पलायन भएका दलाई लामा भारतको धरमसालामा बस्दै आएका छन् । बेला बेलामा विश्वका अन्य राष्ट्रहरुसंग तिब्बतको समस्या समाधानका लागि कुटनीतिक सहयोगका लागि विश्व भ्रमणमा निस्कन्छन् । श्रोत – बीबीसी, सुमल, मेस ।
प्रतिक्रिया