पुलिसको पकडबाट खतरनाक कैदी भाग्न सफल

पुलिसको पकडबाट खतरनाक कैदी भाग्न सफल


लण्डन । हिजो सफोक अस्पतालमा एक जना कैदीलाई उपचारका लागि लैजाँदै गर्दा एक जना बन्दुकधारीले दुई जना जेल अधिकारीहरुलाई बन्दुक तेर्स्याउँदै उपचार गर्न लगेको कैदीलाई भगाउन सफल भएका छन् । २६ वर्षीय, कैदी एण्ड्रियु फार्नडनलाई खतरनाक शारीरिक क्षति पुर्‍याएको आपराधमा जेल चलान गरेको थियो । उनलाई दुई जना जेल अधिकारीहरुले ट्याक्सीमा बरी सेन्ट एडमण्डस्थित सफोक अस्पतालमा उनको हातको चक्कुको घाउ उपचार गर्न लगेका थिए । फरार कैदी र बन्दुकधारीको खोज तलास भइरहेको छ । डेट चिफ इन्स्पेक्टर निक बेनेटले फार्नडन् र फार्नडनलाई मुक्त गर्ने बन्दुकधारीको अगाडि नपर्नु भनी त्यस क्षेत्रका बासिन्दहरुलाई भनेका छन् । सन् २००७ मा पनि फार्नडनलाई अदालतमा लगेर जाँदा कठघराबाट हामफालेर भागेका थिए । फार्नडनलाई हिजो साढे ६ बजे अस्पताल पुर्‍याएका थिए । एक्सिडेन्ट एण्ड इमर्जेन्सी विभागको अघि एक जनाले दुई जना जेल अधिकारीहरुलाई बन्दुक तेर्स्याउँदै गरेको देखेर अस्पतालका कर्मचारीहरुले सबैलाई सतर्क गर्नका लागि आपतकालीन घण्टी बजाएका थिए । अपराधी र बन्दुकधारी भाग्न सफल भएको केहीछिन् पछि एचएमपी हाइप्वाइन्टबाट प्रहरीलाई सो घटनाको विवरण प्राप्त भएको थियो । त्यहाँबाट भागेर उनीहरु कार पार्कतर्फ गएका थिए । कोभन्ट्रीवासी फार्नडनका अनुहारको विवरण टाउको खौरेको र बाख्रे दाह्री पालेको गोरामूलको व्यक्ति बताएका छन् । भाग्ने बखत उनले गहिरो नीलो बेसबाल क्याप र हल्का रङ्गको स्विटर लगाएका छन् । कभेन्ट्रीको क्राउन कोर्टबाट सन् २००७ मा कठघराबाट उफ्रेर भाग्दा उनलाई एकजनाको टाउको हृयामरले हानेर फुटाएको अपराधमा लगिएको थियो । जुन व्यक्तिले बन्दुक बोकेर धम्की दिएका थिए उनले नीलो जीनको पतलुनमाथि सेतो उनी कपडा लगाएका थिए । उनी यस्तै ४०, ४५ वर्ष उमेरको, उँचाइ तकरिपन ५ फिट ८ इन्च र स्कटिस मूलको देखिने कुरा प्रत्यक्षदर्शीहरुले बताएका छन् । उनीहरु अँध्यारो रङ्गको कारमा चढेर भागेका आशंका गरेका छन् । अहिले त्यस क्षेत्रमा धेरैहरु प्रहरीहरु, कुकुर तथा हेलिकप्टर परिचालन गरेर भगौडा कैदीको बृहत खोजी गरिरहेका छन् । बाहिर बसेका उनका साथीहरुबाट पूर्व योजना बनाएर भागेको कुरा प्रहरीले बताएको छ । यस्ता खतरनाक कैदीलाई सी श्रेणीको कैदीको हैसियतमा राखेकाले खण्डन गरेका छन् । श्रोत – बीबीसी, सुमल, मेस ।