क्रुज दुर्घटनामा परेकालाई क्षतिपूर्ति

क्रुज दुर्घटनामा परेकालाई क्षतिपूर्ति


लण्डन । इटालीको जिजिलो द्वीप नजिकैको समुन्द्रमा गत १३ जनवरी २०१२को दिन चट्टानमा ठोक्किँदा पल्टिएर विशाल कोस्टा कोङ्कोर्डिया जहाज डुबेको थियो । हिजो बिहान एउटा विज्ञप्ति जारी गर्दै इटालियन एसोशिएसन् अफ टूर अपरेटरले त्यस जहाजबाट बचेर आएका पीडितहरुलाई क्षतिपूर्ति दिने कुरा जाहेर गरेका छन् । दुर्घटनाबाट बचेका प्रत्येक यात्रुहरुलाई (सबै उमेरकालाई) जनही १४,४०० अमेरिकी डलर क्षतिपूर्ति दिने कुरा उल्लेख गरेको छ । यो निर्णय उपभोक्ता समूह र कोस्टा क्रूजको बीच भएको छलफलको नतिजा हो भनेको छ ।
यो विशाल पानी जहाज इटालीको टास्केनी तट्तिर जाँदै गर्दा जिजिलो टापू नजिकैको समुन्द्रको ढुङ्गामा ठोक्किएर पल्टिन पुगेको थियो । हजारौको सङ्ख्यामा रहेका भयभित यात्रुहरुको १३ जनवरीको दिनमा आपतकालीन उद्धार गरिएको थियो । त्यस जहाज दुर्घटनामा परेर अहिलेसम्म मृत्यु भएका मानिसहरुका १६ वटा लाश भेट्टाएको छ । अझ पनि १६ जना व्यक्तिहरु हराइरहेका छन् । जहाज दुर्घट्नाग्रस्त हुने समयमा ३२०० यात्रुहरु तथा १००० जना जहाजका कर्मचारी सदस्यहरुसमेत लगाएर जम्मा ४२०० जना मानिसहरु त्यस जहाजमा सवार थिए । यो क्षतिपूर्ति यात्रुहरुका मानसिक तथा उनीहरुका खर्च र अतिरिक्त खर्चको जरिवाना हो भन्ने कुरा इटालियन एसोशिएसन् अफ टूर अपरेटरले जनाएको छ । विज्ञप्तिअनुसार क्षतिपूर्ति प्रदान गर्ने रकमबाहेक कुनै यात्रुले यस घटनाबाट मानसिक उपचार गर्नु पर्ने अवस्था आए र उनीहरुले अनुरोध गरेमा क्रुज कम्पनीले त्यसको बन्दोबस्त गरिदिने कुरा समेत उल्लेख गरेको छ । यस बाहेक जहाज दुर्घटनामा परेर कोही घाइते अथवा मृत्यु भएका मानिसहरुका परिवारसँग कोस्टाले छुट्टै छलफल गर्ने कुरा उल्लेख गरेको छ । त्यस जहाजका क्याप्टेन, फ्रान्सेस्को सेटि्टनोका आचरणसम्बन्धी कोस्टा क्रूजका तथा इटालीका सम्बन्धित अधिकारीहरुेले आलोचना गरेका छन् । जहाजका क्याप्टेन यात्रुहरुका पूर्ण उद्धार नहुँदै जहाज छोडेर भागेका कारण र मानव हत्याको सम्भावित आरोपको सामना गर्नुपर्ने अवस्था सिर्जना भएको छ । जहाजका क्याप्टेनलाई अहिले उनकै निवासस्थानमा नजरबन्दमा राखिएको छ । श्रोत – सीएनएन, सुमल, मेस ।