विकास समितिको वार्षिक प्रतिवेदन तयार भएन

विकास समितिको वार्षिक प्रतिवेदन तयार भएन


व्यवस्थापिका–संसद्, विकास समितिको वार्षिक प्रतिवेदन तयार नभएको पाइएको छ । समितिको बैठकमा संसदहरुले यसविषयमा चासो देखाएपछि बैठकले समितिको वार्षिक प्रतिवेदन तयार गर्न समितिको सचिवालयलाई निर्देशन दिएको हो ।

समितिको आजको बैठकले १० दिनभित्र प्रतिवेदन तयार गर्न सचिवालयलाई निर्देशन दिइएको समितिका सभापति रवीन्द्र अधिकारीले जानकारी दिए।

प्रतिवेदन तयार गर्न सचिवालयलाई आवश्यक राय, सुझाव दिन समितिका सदस्यलाई आग्रहसमेत गरिएको उनले जानकारी दिए ।

समितिले आफूले सम्पादन गरेका कामलाई प्रतिवेदनमा समेटी सदनमा सभापतिमार्फत पेश गर्ने परम्परा रहिआएको छ ।
समितिअन्तर्गत सूचना तथा सञ्चार, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय रहेका छन् ।