लण्डन । कठ्याङग्रिएर जमाउने खालको जाडोले गर्दा मध्य तथा पूर्वी यूरोपेली देशहरुमा ६० जना जति मानिसहरु मरिसकेका छन् । मौसमसम्बन्धी जानकारी दिनेहरुले अब आउने सप्ताह अथवा शुक्रवारसम्म लगातार तापक्रम घट्दै जाने समाचार सम्प्रेषण गरेका छन् । तापक्रम घट्दै गएकाले कतिपय यूरोपेली मुलुकहरुमा सैन्य परिचालन गरेर राहतका लागि सङ्कटकालीन् शिविरहरु स्थापित गरिएका छन् । घरवार नभएकाहरु कम्तीमा ३० जना मानिसहरु जति यूक्रैनमा मरिसकेका छन् । त्यस्तै मृत्यु हुनेहरुमा पोल्याण्ड, रोमानिया, बुलगरिया र अन्य राष्ट्रहरुमा पनि छन् । तापक्रम घटेर सोमवारको दिनमा माइनस २० डिग्री सेल्सियससम्म झरेको थियो । विगत तीन दिनभित्र यूक्रैनमा मात्रै २४ हजार मानिसहरुले १५९० राहत शिविरहरुमा शरण लिइसकेका छन् । यतिबेला ६०० जनाभन्दा बढी मानिसहरुलाई फ्रोस्टबाइट (खुट्टाका औलाहरु बरफको कारणले निष्क्रिय बन्ने) र हाइपोथर्मिया (शरीरको तापक्रम घट्दै जाने) का उपचार गरिसकेका छन् ।
त्यस क्षेत्रमा आज भारी हिमपात हूने सूचना सम्बन्धित अधिकारीहरुले दिएका छन् । अतः अझ एकसय पचासवटा जति थप राहत केन्द्रहरु स्थापित गर्ने कुरा यूक्रैनी अधिकारीहरुले बताएका छन् । पोल्याण्डका अन्तरिम मामला मन्त्रालयले मंगलवारसम्म २१ जना ठण्डाको कारणले गर्दा मृत्यु भइसकेको कुरा समाचारहरुमा भनेको छ । धेरै जना खराब, बिग्रेका हिटरहरुको कारणले गर्दा कारबन मोनोअक्साइड -विषालु ग्यास)को कारण मृत्यु भएको कुरा जनाएको छ । पोल्याण्डमा हल्का शीतकालको मौसम थियो तर अचानक गत शुक्रवार हृवात्तै तापक्रम माइनस २६ डिग्री सेल्सियसमा झरेको थियो । मन्त्रालयले मर्नेहरुमा घरबार नभएको र बृद्ध-बृद्धाहरु थिए भनेको छ । पोल्याण्डमा सप्ताहको अन्तसम्म दिनको बेला माइनस २० डिग्री र राति माइनस ३० डिग्री सेल्सियससम्म तापक्रम झर्ने कुरा बताएका्रे छ । श्रोत – बीबीसी, सुमल, मेस ।
प्रतिक्रिया