चक्रे मिलन समूहका गुण्डा नाइके गम्भीर घाइते

चक्रे मिलन समूहका गुण्डा नाइके गम्भीर घाइते


शुक्रबार साँझपख काठमाडौं पेप्सीकोला (मनहरा पुल)नजिक गुण्डा समूह र प्रहरीबीच गोली हानाहान भएको छ । उक्त घटनामा प्रहरीको गोली लागेर मिलन चक्रे समूहका रामेश्वर गौतम गम्भीर घाइते भएका छन् ।

प्रहरीले जनाएअनुसार प्रहरीको खोजी सूचीमा रहेका गौतम आफ्नो अलग समूह बनाई हप्ता असुलीदेखि बालुवाको कारोबारलगायत विभिन्न आपराधिक धन्दामा संलग्न रहँदै आएका पात्र हुन् । खासगरी भक्तपुर इलाकामा व्यवसायीदेखि सर्वसाधारणसम्मलाई पनि गुण्डा समूह बनाएर हिँडेका गौतमले निकै दुःख दिँदै आएका थिए ।

उनको दबदबाबाट आजित भएका स्थानीय व्यवसायीहरु प्रहरीले गुण्डा नियन्त्रणमा लिन नसकेकोमा निराश रहँदै आएका थिए । रामेश्वरलाई नजिकबाट जान्नेहरु उनी मिलन चक्रेका दायाँ हातसरह पात्र हुन् भने मिलन चक्रेचाहिँ एमालेनिकट व्यक्ति भनेर चिनिन्छ ।

प्रहरी सुत्रका अनुसार प्रहरीमाथि पेस्तोल चलाएपछि जवाफी फायर गर्दा गुण्डासमूहका रामेश्वरको दायाँ खुट्टामा तीन राउण्ड गोली लागेको हो । उनलाई प्रहरीले नै उपचारारर्थ बीर अस्पताल पुर्याएको छ । राजारामसँगै रहेका अन्य दुई युवा प्रहरीलाई छलेर फरार भएको बुझिएको छ ।