राजधानीको फोहरमाथि कसले गर्दैछ राजनीति ? (फोटोफिचर)

राजधानीको फोहरमाथि कसले गर्दैछ राजनीति ? (फोटोफिचर)


  • विजय दमासे

मुलुकको सबैभन्दा ठूलो, धेरै शासकहरु रहेको ठाउँका रुपमा चिनिने काठमाडौं यतिबेला ‘फोहरमाडौं’ मा परिणत भएको छ ।

यहाँ बस्नेहरुले राज्यलाई फोहरको पैसा तिरिरहेतापनि सरकारले फोहर उठाउन सकेको छैन् ।

फोहोर फाल्ने डपिङ् साइटका विषयमा सरकार र नुवाकोटका स्थानीय बीच तीव्र विवाद सिर्जना हुदाँ राजधानीको फोहर उठ्न नसकेको बताइन्छ ।

केही साता अघि पनि राजधानीको फोहर उठ्न सकेको थिए तर राज्यले सम्झौता गरी उठाउने सहमती जनाएपनि हालै मात्रै फोहोर डर्पिङ साइटका स्थानीयले फोहोर बोक्ने टिपरका चालकमाथि हातपात गरेको विषयमा चालकहरुले सुरक्षाको माग राख्दै फोहर उठाउन मानेका छैनन् ।

स्थानीयले सहमती आफूहरुलाई मान्य नहुने भन्दै फोहर डपिङ् गर्न अबरोध गरेको बुझिन्छ ।

सरकारले स्थानीयसँग सही रुपमा सम्झौता गर्न नसक्नु र चालकहरुलाई सुरक्षा दिन नसक्दा काठमाडौंको फोहर उठ्न नसक्नु दुखद रहेको काठमाडौंबासी बताउछन् ।

राज्य समयमै गम्भीर नहुँदा राजधानीका सडकमा पछिल्ला महिना पटक/पटक फोहोर थुप्रिने गरेको छ ।

०६२ सालमा तीन वर्षका लागि नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइटमा फोहोर फाल्न थालिए पनि १३ वर्षसम्म कुनै विकल्प अघि नबढाउँदा बारम्बार देखिने समस्याका कारण राजधानी दुर्गन्धित हुने क्रम रोकिएको छैन ।

०६५ देखि सिसडोलको विकल्पका रूपमा कम्तीमा ५० वर्षका लागि सोही क्षेत्रको बञ्चरेडाँडा ल्यान्डफिल साइटलाई समयमै पूर्णता नदिँदा समस्या बल्झिरहेको हो ।

स्रोतका अनुसार फोहर व्यवस्थापनमा समेत राजनीति प्रतिसोध मिसिने गर्दा थप समस्या उत्पन्न हुने गरेको छ ।

उपत्यकाबासीले फोहरमा राजनीति गर्ननहुने भन्दै फोहर व्यवस्थापनका निम्ति राज्यले तत्काल निकास निकाल्नुपर्नेमा जोड दिएका छन् ।

फोहर उठ्न सकेन्, तस्बिरमा…