आईजीपी ‘डराएपछि’ जोशीलाई कार्यभार !

आईजीपी ‘डराएपछि’ जोशीलाई कार्यभार !


प्रहरी महानिरिक्षक प्रकाश अर्यालले बरिष्ठ हुँदाहुँदै  कनिष्ट अधिकृतलाई कार्यभार सुम्पिएपछि प्रहरी संगठनभित्र त्यस विषयलाई लिएर टिका टिप्पणी भएको छ ।

एक कार्यक्रममा भाग लिन आईजीपी अर्याल चीन जाने क्रममा उनले बरियता क्रममा अगाडी रहेका एआईजीपी जयबहादुर चन्दलाई कार्यभार नदिई कनिष्ट एआईजीपी माधवराज जोशीलाई दिएका छन् ।

जोशी चन्दभन्दा दुई वर्षपछि डीआईजीपी बनेका ब्यक्ति हुन् र उनी अहिले वरियताक्रममको छैठौं लहरमा छन् । तथापि अर्यालले चन्दलाई कार्यभार नदिएर जोशीलाई दिएका छन् र उनको यस्तो ब्यबहारको सर्वत्र आलोचना भएको छ ।

स्मरणीय छ, यस अघि तत्कालिक आईजीपी उपेन्द्र कान्त अर्यालले अवकाश लिनु अघि कार्यभार दिने क्रममा विवाद उत्पन्न भएपछि सरकारले प्रहरी नियमावली नै संशोधन गरी प्राविधिक समूहतर्फका वरिष्ठ एआईजीपी डा. दिनेशचन्द्र पोखरेललाई कार्यभार दिइएको थियो ।

डीआईजीहरु मध्ये बरियताक्रममा अगाडी रहेका नवराज सिलवाललाई ‘कार्यवाहक’ दिनुपर्ने ‘बाध्यता’ आइपरेपछि सरकारले त्यसरी नियमावली नै संशोधन गर्नुपरेको थियो ।

तर आईजीपी अर्यालले भने नियम र प्रचलनविपरीत बरियताक्रम हदैसम्म मिचेर कार्यभार सुम्पेका छन् । चन्दलाई कार्यभार दिन अर्याल डराउनुलाई अर्यालको ‘लघुताभाष’ अर्थात ‘इन्फेरिटी कम्प्लेक्स’को रुपमा लिइएको छ ।