खेलाडी तथा प्रशिक्षक संघको रक्तदान

खेलाडी तथा प्रशिक्षक संघको रक्तदान


नेपाल खेलाडी तथा प्रशिक्षक संघले २०७४ सालको विजयादशमी, शुभ दिपावली, नेपाल सम्वत, ल्होसार, छठलगायत विभिन्न पर्वको उपलक्ष्यमा शुभकामना आदान–प्रदान तथा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा भएको कार्यक्रममा खेलाडी, प्रशिक्षक, पदाधिकारी, सर्वसाधारण गरी २५ जनाले रक्तदान गरेको खेलाडी तथा प्रशिक्षक संघका महासचिव राजेन्द्र पाठकले जनाएका छन् ।